नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी रुकुम पश्चिमले विद्यार्थीसँग अखिल क्रान्तिकारी कार्यक्रमका लागि कमाण्डर चयन गरेको छ । जिल्लाका ६ वटा पालिकामा यो कार्यक्रम सञ्चालन गर्न विभिन्न नेतालाई कमाण्डर तोकिएको जिल्ला अध्यक्ष नारायण केसीले जानकारी दिनुभयो ।
अध्यक्ष केसीका अनुसार केन्द्रीय सदस्य सुन्दर शर्मालाई चौरजहारी, जीवन खड्कालाई मुसीकोट र कर्णाली प्रदेश कार्यालय सदस्य शुशिल विष्टलाई आठबीसकोटको कार्यक्रमकाे कमाण्डर ताेकिएकाे छ । नगरपालिका जस्तै जिल्लाका गाउँपालिकाकाे कमाण्डर ताेकिएकाे छ ।
बाँफिकोटमा केन्द्रीय सदस्य समकृति पुन, सानीभेरी गाउँपालिकामा कर्णाली प्रदेश उपाध्यक्ष तुल देवकोटा र त्रिवेणी गाउँपालिकामा जिल्ला अध्यक्ष नारायण केसीलाई विद्यार्थीसँग अखिल क्रान्तिकारी कार्यक्रमको कमाण्डर चयन गरिएको छ । जिल्ला सदरमुकाम खलंगामा बसेको बैठकले यो निर्णय गरेको हो ।
संगठनका केन्द्रीय उपाध्यक्ष मदन भुल, माओवादी केन्द्रका नेताहरु राजकुमार शर्मा, वसन्तकुमार शर्मा, महेन्द्र केसी, संगठनका केन्द्रीय सचिव योगेन्द्र बुढा, प्रदेश अध्यक्ष राजेन्द्र बुढा लगायतको आतिथ्यता रहेको थियो ।
संगठनका केन्द्रीय सचिवालय सदस्य सुन्दर शर्मा, राजेन्द्र भण्डारी, प्रदेश उपाध्यक्ष तुल देवकोटा, सचिव अटल आचार्य, केन्द्रीय सदस्य जीवन खड्का, समकृति पुन, प्रदेश कार्यालय सदस्य शुशिल विष्ट लगायतको पनि बैठकमा उस्थिति रहेको थियो ।