Kakhara सबैको खबर सम्पूर्ण खबर
खौलादेखि सोलाबाङसम्मको जोखिमपूर्ण यात्रा
पटक पटक रुट फेर्नुपर्ने राप्ती लोकमार्ग अन्तर्गत त्रिवेणी गाउँपालिका ३ र ६ को सिमाना ढाँरेगैरा ।

रुकुम पश्चिममा पर्ने राप्ती लोकमार्ग अन्तर्गत  त्रिवेणी गाउँपालिका वडा नम्बर ३ र ६ मा पर्ने ढाँरेगैरा देखि मुसिकोट नगरपालिका  १२ बैरागीठाँटी सम्म  सडकको अवस्था  जोखिम पुर्ण छ । पैदल यात्रा गर्नेहरुका लागि यो सडक खण्ड सवारी साधन आवतजावतमा भने जोखिम मोलेर यात्रा गर्नु पर्ने अवस्था रहेको छ ।

 त्रिवेणी गाउँपालिका वडा नम्बर ३ र ६ पर्ने ढाँरेगैरा सडकको अवस्था हेर्ने हो भने जब वर्षा सुरु हुन्छ त्यहाँको सडको रुटनै फेर्नु पर्ने अवस्था सिर्जना हुन्छ । सडकको रुट पटकपटक परिवर्तन गर्दा ढाँरेगैराका  स्थानीयहरुको  खेती लगाउने बारीनै सखाप  भइसकेको छ । 'बारीनै नरहेपछी विकासको के अर्थ हामिलाई त तनाव मात्रै छ,’ स्थानीय महेन्द्र ओलीले भन्नुभयो ।

राप्ती लोकमार्ग बनेपछी ढारेगैरामा वर्षातको समयमा सडक मुनीको जमिन भासिदा ४ पटक रुट परिवर्तन भईसकेको छ । यता मुसीकोट ११ र १२ पितिवाङ खोला र बैरागी ठाँटी फुलमा पनि सवारी साधनमा यात्रा गर्ने यात्रुले पनि जोखिम मोलेरै यात्रा गरिरहेका छन । पितिवाङ खोलामा पुल बन्ने काम चलिरहे पनि काम पूरा हुन सकेको छैन ।

जग मात्रै निर्माण गरिएको छ  ।  एक वर्ष  पहिले त यो खोला वारपार गर्दा मोटरसाइकल वारपार गराए वापत ५ सय रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको मोटरसाइकल चालक रेशम पुनले बताउनुभयो ।  यसपटक खोलामा  कलवर्ड त राखिएको छ तर पनि वर्षातको समयमा ठूलो पानी आयो भने खोलामा पानीको  वहाव धेरै बढ्ने भएकाले मोटरसाइकलमा यात्रा गर्न डर लाग्ने उहाँले  बताउनुभयो । बैरागी ठाटीको खोलामा पनि सवारी साधनलाई यात्रा गर्न ढुक्क छैन । बेलिब्रिज त छ तर पुलमा राखिएका फलामका पाताको जिर्ण अवस्था देख्दापनि यात्रा गर्नै पर्ने बाध्यता रहेको बस चालक भाष्कर ओलीले गुनासो सुनाउनु भयो ।  

ती जिर्ण अवस्थामा रहेको बैरागी ठाटी पुल नजिकै नयाँ पक्की पुल पनि निर्माण लगभग सकिएको छ । पुल निर्माणको केही काम बाँकी छ ।  नयाँ पक्की पुल भने सन्चालमा आएको छैन । जिर्ण अवस्थामा रहेको पुल र पटकपटक रुट परिवर्तन भएको राप्ती लोकमार्ग हुँदै  अहिले दाङ, नेपालगन्ज, काठमाडौ लगाएत देशका विभिन्न शहरहरुमा  यातायातका साधनले आवतजावत गरिरहेका छन ।

मुसिकोट नगरपालिकाले  सोही लोकमार्ग भएर आवतजावत गर्ने यात्रुलाई वर्षायाममा समस्या हुने भएकाले पुल निर्माणको जिम्मा लिएर काम गरिरहेका ठेकेदार कम्पनीलाई समयमै निर्माणको काम सक्ने गरी ताकेता गरिरहेको जनाएको छ । समयमै निर्माण गरिसक्न र पुल निर्माण गर्दा गुणस्तरमा ध्यान दिनपनि ठेकेदार कम्पनीलाई आग्रह गरिएको मुसिकोट नगरपालिकाका उप प्रमुख विमलकुमार पुनले जानकारी दिनुभयो । पुल निर्माणमा गुणस्तर नहुदा गत वर्षा बैरागी ठाटिमा निर्माण हुदै गरेको पुल  भासिएको थियो । 
 

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update