Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट कार्यपालिका प्रवक्तामा प्रकाश, गाउँ शिक्षा समिति पनि गठन
बाँफिकोट गाउँ कार्यपालिका प्रवक्ता प्रकाश खत्री ।

रुकुम पश्चिमको बाँफिकोट गाउँ कार्यपालिकाले प्रवक्ता तोकेको छ । पछिल्लो पटक बसेको गाउँ कार्यपालिका बैठकले २ नम्बर वडाध्यक्ष प्रकाश खत्रीलाई कार्यपालिका प्रवक्ता तोकेको हो । कार्यपालिकाका निर्णय सार्वजनिक लगायतका क्षेत्राधिकार सहित खत्रीलाई प्रवक्ताको जिम्मेवारी दिइएको सामाजिक विकास मितिका संयोजक मनबहादुर वादीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष जनककुमार बाँठा मगरले खत्रीलाई प्रवक्ता तोक्न गरेको प्रस्ताव कार्यपालिकाबाट सर्वसम्मत पारीत भएको वादीले जानकारी दिनुभयो । सोही कार्यपालिका बैठकले गाउँ शिक्षा समिति पनि गठन गरेको छ । १० सदस्यीय शिक्षा समितिको संयोजकामा गाउँपालिका अध्यक्ष बाँठा संयोजक हुनुहुन्छ । शिक्षा समितिको अन्य सदस्य पनि मनोनित गरिएको छ ।

शिक्षा अधिकृत रत्नबहादुर केसी, सामाजिक विकास समितिका संयोजक मनबहादुर वादी र वडाध्यक्ष हरि चन्दलाई शिक्षा समिति सदस्यमा मनोनित गरिएको छ । कार्यपालिका सदस्य ज्योतिका परियार, सिदार्थ जनता माविका प्रअ नदिराम केसी, चुमानसिङ बोहरा, देवबहादुर कुसारी, मञ्जु केसी पौडेल र प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओली सदस्य सचिवको भूमिकामा रहनु भएको छ । यही बैठकले ८ विद्यालयमा शिक्षक नियुक्ति र ८ विद्यालयको अनुगमन गर्ने र ५ कक्षा सञ्चालनको अनुमति दिने निर्णय समेत गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update