नेकपा माओवादी केन्द्र चौरजहारीले २ जना नगर समिति सदस्यलाई कारबाही गरेको छ । पार्टीको नीति, विधि र पद्धति भन्दा बाहिर गएर काम गरेको भन्दै पार्टीले नगर सदस्य तिलक बस्नेत र उदे खत्रीलाई कारबाही गरेको हो ।
नगर समितिको बैठकले पार्टीको हित विपरीत विपक्षिलाई सघाउने कार्यमा संलग्न भएको भन्दै बस्नेत र खत्रीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएको छ । गत स्थानीय तहको निर्वाचनका क्रममा पार्टीका आधिकारीक उम्मेदवार विरुद्ध लागेको आरोप बस्नेत र खत्रीमाथी लागेको थियो ।
३ नम्बरका बस्नेत र ५ नम्बरका खत्रीलाई पार्टीले कारबाही गरेको नगर अध्यक्ष श्रीकृष्ण शर्माले जानकारी दिनुभयो । खत्री ५ नम्बर वडाका निवर्तमान वडाध्यक्ष समेत हुन् । पार्टीका जिल्ला इन्चार्ज, केन्द्रीय सदस्यहरुको उपस्थितिमा बसेको बैठकले यो निर्णय गरेको अध्यक्ष शर्माले बताउनुभयो । बैठकबाट थप छानविनका लागि भन्दै छानविन समिति समेत बनाएको छ ।
पार्टी नगर सचिव विरबहादुर रानाको संयोजकत्वमा बनेको छानविन समितिले ६ नम्बर वडा र १४ नम्बर वडा सहित अन्य ठाउँको पनि छानविन गरी प्रतिवेदन बनाउने छ । ६ नम्बर वडामा माओवादीका ४ जना सदस्यले चुनाव जित्दा वडाध्यक्षका उम्मेदवार पराजित भएका थिए । १४ नम्बर वडाध्यक्षका माओवादीका उम्मेदवार ४ मतले पराजित भएका थिए । यो सहित अन्य वडाको पनि छानविन गरी समिति बनाइएको अध्यक्ष शर्माले बताउनुभयो ।