Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा प्राप्तमध्य संघ भन्दा प्रदेश सरकारको धेरै बजेट फ्रिज

रुकुम पश्चिमका संघीय सरकारबाट आएको भन्दा प्रदेश सरकारबाट प्राप्त धेरै बजेट फ्रिज भएको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा प्राप्त दुई सरकारमध्य प्रदेश सरकारबाट प्राप्त धेरै बजेट खर्च हुन सकेन । प्रदेश लेखा इकाई कार्यालयका निमित्त प्रमुख यामबहादुर पुनका अनुसार प्रदेश सरकारबाट प्राप्त बजेटमध्य ६७ दशमलव २८ प्रतिशत बजेट मात्रै खर्च भएको छ ।

गत आर्थिक वर्षमा प्रदेश सरकारबाट यस जिल्लामा चालु र पुँजिगत गरी ३ अर्ब, ३८ करोड, ७२ लाख ४४ हजार बजेट प्राप्त भएको थियो । तर १ अर्ब ८७ करोड ६६ लाख ८४ हजार ९ सय ७४ हजार रुपैयाँ फ्रिज भएको प्रमुख पुनले जानकारी दिनुभयो । २ अर्ब २७ करोड ९० लाख ८५ हजार ४ सय २१ रुपैयाँ खर्च हुन सकेको छ । 

संघीय सरकारबाट प्राप्त कुल बजेट मध्य ७६ करोड ४७ लाख ३५ हजार ७ सय ७ रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक अशोककुमार रानाले जानकारी दिनुभयो । उहाँ अनुसार गत आर्थिक वर्षमा संघीय सरकारबाट यस जिल्लामा चालु र पुँजिगत गरी ५ अर्ब, ९६ करोड ३२ लाख ६२ हजार १ सय ४ रुपैयाँ प्राप्त भएको थियो ।

यसमध्य ५ अर्ब १९ करोड ८५ लाख २६ हजार ३ सय ९६ रुपैयाँ खर्च भएको छ । गत आर्थिक वर्षमा यो जिल्लामा संघ र प्रदेश सरकारबाट प्राप्त मध्य १ अर्ब ८७ करोड ६६ लाख ८४ हजार ९ सय ७४ रुपैयाँ फ्रिज भएको छ । 

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update