Kakhara सबैको खबर सम्पूर्ण खबर
अर्थ मन्त्रीमा जनार्दन शर्मा नियुक्त
फाइल फोटो ।

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त हुनुभएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयाे । राजिनामा दिएको २५ दिनपछि उहाँ पुनः अर्थ मन्त्रीमा नियुक्त हुनुभएको हो ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएनुभएकाे थियाे । संसदीय छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन दिएपछि प्रधानमन्त्री देउवाले शर्मालाई पुन: अर्थमन्त्रालयको जिम्मेवारी दिनुभएकाे हाे । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार शर्माको शपथ ग्रहण आइतबार नै ५ बजेपछि हुनेछ ।

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update