अर्थमन्त्री शर्माकाे सपथ ग्रहण
अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराउनु भएकाे हाे ।
बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएको थियो ।
शर्माले त्यसै दिन राजीनामा दिनुभएकाे थियाे । तर संसदीय समितिले उनीमाथि लागेको आरोप पुष्टि गर्न सकेन भने प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई अर्थमन्त्रीमा दोहोर्याउनुभएकाे हाे ।
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९ १८:२२
प्रतिक्रिया दिनुहोस्