Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी गाउँपालिकाको झण्डै ४ करोड फ्रिज 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको झण्डै ४ करोड बजेट फ्रिज भएको छ । आर्थिक वर्ष २०७८/०७९ का लागि विनियोजन भएको मध्य तीन करोड ६९ लाख २७ हजार ५१ रुपैंया खर्च नभई जताबाट आएको हो उतै फिर्ता गएको हो । यसमा चालु तर्फको १ करोड ९१ लाख ११ हजार ७ सय ३६ रुपैंया रहेको छ । 

पुँजीगत तर्फको १ करोड ७८ लाख १५ हजार तीन सय १४ रुपैंया पनि खर्च नभई फिर्ता गएको गाउँपालिकाले जनाएको छ । योजना विशेषका लागि आएको सबै बजेट खर्च नुहुनु, अनुमानित बजेट आउने भएकाले कम बजेटमै योजना सकिनु, साना साना कार्यक्रम संचालन नहुनु, कन्टेन्जेन्सी रकम खर्च गर्न नपाउनु लगायतका कारणले सबै बजेट खर्च हुन नसकेको गाउँपालिकाको भनाई छ ।

खर्च नभएको बजेट भने यति मात्र होईन् । सशर्त अन्तरगत भएकाले यो बजेट फिर्ता गएको भएपनि अन्य शिर्षकको खर्च हुन नसकेको बजेट भने गाउँपालिकाको सञ्चित कोषमा राखेर यो वर्षका लागि विनियोजन गरेको छ । यस्तो बजेट २ करोड रहेको गाउँपालिकाले जनाएको छ । अघिल्लो वर्ष खर्च हुन नसकेको यो वजेट चालु आर्थिक वर्षमा अल्या बजेटका रुपमा खर्च हुने छ ।
 

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update