भोली साउन १७ गते सार्वजनिक विदा
कर्णाली प्रदेशमा भोली साउन १७ गते सार्वजनिक विदा छ । कर्णाली प्रदेश सरकारले नागपञ्चमीको अवसरमा सार्वजनिक विदा दिएको हो ।
कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशभर भोली १७ गते सार्वजनिक विदा दिइएको जनाएको छ ।
कर्णाली प्रदेश सरकारको २०७८ साल चैत्र २९ गतेको निर्णयानुसार नै यो विदा दिइएको उल्लेख गरेको छ । यो निर्णय मन्त्री परिषद्को बैठकले गरेको थियो ।
प्रकाशित मिति: सोमबार, साउन १६, २०७९ १५:५५
प्रतिक्रिया दिनुहोस्