रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत १ हजार ५ सय ७६ बेरोजगारले रोजगार पाएका छन । प्रधानमन्त्री रोजगार कार्यक्रम बाट १ हजार २ सय ६० युवाले रोजगार पाएका हुन भने मुख्यमन्त्री रोजगार कार्यक्रम बाट ३ सय १६ जनाले रोजगार पाएका हुन ।
प्रधानमन्त्री रोजगार कार्यक्रम बाट सन्चालन भएका ३६ आयोजना बाट १ हजार २ सय ६० जना र मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका १७ आयोजना बाट ३ सय १६ बेरोजगार युवाहरूले रोजगार पाएको गाउँपालिकाले जनाएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रत्येक व्यतिले ५७ दिन र मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ५० दिन बेरोजगार युवाहरूले रोजगार पाएको रोजगार संयोजक सागर सापकोटाले जानकारी दिनुभयो ।
काम गरेको ज्याला भने सबैले ५ सय १७ का दरले प्राप्त गरेका छन । गाउँपालिका भित्र सन्चालन भएका प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका विभिन्न ५३ आयोजनाहरुमा ४ करोड २९ लाख ४ हजार ३ सय ९२ रकम खर्च भएको संयोजक सापकोटाले बताउनुभयो ।