रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले वितेको आर्थिक वर्ष २०७८/०७९ मा साढे ६७ करोड बढी राजस्व संकलन गरेको छ । गाउँपालिकाले विभिन्न शिर्षकमा १ वर्षको अवधिमा ६७ लाख ६९ हजार ६ सय ७७ रुपैंया संकलन गरेको हो । तर राजस्वको लक्ष भने पुरा हुन सकेन् । गाउँपालिकाले उक्त वर्ष १ करोडको लक्ष लिएको थियो । तर लक्षको ६७.६९ प्रतिशत मात्र हो । गाउँपालिकाले सबैभन्दा बढी १९८ लाख ४६ हजार ९ सय ८७ रुपैंया भूमी/मालपोत कर उठाएको छ ।
त्यस्तै अन्य राजश्व १९ लाख ४८ हजार ८ सय ५१, सिफारिस दस्तुर १४ लाख ११ हजार ६ सय ३० र घरवहाल कर ३ लाख ४४ हजार १ सय १३ रुपैंया उठेको छ । व्यक्तिगत घटना दर्ता दस्तुर ३ लाख ३८ हजार ८ सय २५, व्यवशाय कर २ लाख २१ हजार ८ सय ३८, अन्य दस्तुर १ लाख ४५ हजार ७ सय ४८, वेरुजु १ लाख ६९ हजार २ सय ६९, नक्सापास दस्तुर ५२ हजार ८ सय ६४, नाता प्रमाणित दस्तुर ४३ हजार ६ सय, बैंक मौज्दात ४० हजार १ सय २२ र परीक्षा शुल्क ४ हजार ३ रुपैंया संकलन भएको गाउँपालिकाका सूचना अधिकारी सुरेन्द्र खत्रीले जानकारी दिनुभयो ।
गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा भने राजस्वको लक्ष पुरा गरेको थियो । ६० लाख राजस्व संकलनको लक्ष राखेकामा गाउँपालिकाले उक्त वर्ष २० प्रतिशत बढी अर्थात ७२ लाख ४० हजार ४ रुपैंया राजस्व संकलन गरेको थियो ।