Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी गाउँपालिकाले पुरा गर्न सकेन राजस्वको लक्ष 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले वितेको आर्थिक वर्ष २०७८/०७९ मा साढे ९३ लाख राजस्व संकलन गरेको छ । एक वर्षको अवधिमा गाउँपालिकाले ९३ लाख ५१ हजार ६ सय ३९ रुपैंया राजस्व उठाएको हो । गाउँपालिकाले लक्ष अनुसार भने राजस्व उठाउन सकेन् । १ करोड ७५ लाख राजस्व उठाउने लक्ष गाउँपालिकाले लिएको थियो । तर लक्ष भन्दा ६३ लाख ४८ हजार तीन सय ७ रुपैंया कम राजस्व गाउँपालिकाले उठायो । प्रक्षपण अनुसार भने राजस्व उठाएको गाउँपालिकाले जनाएको छ ।

प्रक्षपणको तुलनामा बढी लक्ष राख्दा पुरा हुन नसकेको गाउँपालिकाको भनाई छ । गाउँपालिकाका अनुसार सबैभन्दा बढी राजस्व अन्य प्रशासनिक सेवा शुल्क मार्फत ३० लाख ५ हजार ७ सय १९ रुपैंया राजस्व उठेको छ । त्यस्तै अन्य सेवा शुल्क तथा विक्रिबाट २८ लाख ६१ हजार ९ सय १५, मालपोत कर १३ लाख ८६ हजार २ सय ५९, सिफारिस दस्तुर ७ लाख ३० हजार तीन सय ४२, एकीकृत सम्पती कर ५ लाख ३६ हजार ४ सय ६ र घरबहाल कर तीन लाख ६८ हजार तीन सय १९ रुपैंया उठेको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update