गाउँमा पुरूष नहुँदा महिलाले बिरामी बाेकेर स्वास्थ्य संस्था पुर्याउँछन्
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ लाबाङ टोलमा कोही बिरामी हुँदा महिलाहरु मिलेर स्वास्थ्य संस्था पुर्याउछन् । स्ट्रेचरमा बिरामीलाई बाेकेर महिलाहरूले स्वास्थ्य संस्था सम्म पुर्याउने गरेका छन् । सोमबार एक महिला लडेर घाईते हुँदा उपचारको लागि महिलाहरु मिलेर नै मुरु स्वास्थ्य केन्द्र पुर्याएको स्थानीय पुतला खड्का डांगीले बताउनुभयो ।
गाउँका पुरूषहरू वैदेशिक राेजगारीमा गएकाे र केही पढाइकाे सिलसिलामा गाउँ बाहिर रहेकाेले सबै काममा महिलाहरू नै खटिने गरेकाे उहाँले बताउनुभयाे । गाउँमा केही पुरूष मात्र छन् । वर्खाकाे समयमा सडक विग्रिएकाेले यातायातका साधन बन्द हुँदा बिरामीलाइ बाेकेर स्वास्थ्य संस्था पुर्याउनुपर्ने बाध्यता रहेकाे छ ।
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९ १२:२६
प्रतिक्रिया दिनुहोस्