Kakhara सबैको खबर सम्पूर्ण खबर
आशा परियोजना मार्फत किसानलाई विरुवा वितरण

रुकुम  पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ८ र ९ मा  ५०  किसानलाई बिरुवा वितरण गरिएको छ ।  वन वातावरण मन्त्रालय अन्तर्गत पहाडी साना किसानका लागि अनुकूल परियोजना  आशाको आर्थिक सहयोग र वडाको कार्यालयको समन्वयमा किसानहरुलाई बिरुवा वितरण गरिएको हो ।

चौथो वर्गमा पर्ने आर्थिक अवस्था कमजोर र न्यून आय स्रोत भएका  वडा नम्बर ८ का २५ किसान र वडा नम्बर  ९ का  २५  किसानलाई ३५  वटाका दरले  राईखन्युनका विरुवा वितरण गरिएको  आशा परियोजना त्रिवेणीका सामाजिक परिचालक तिलकबहादुर ओलीले जानकारी  दिनुभयो । उहाँका अनुसार  पहिलो चरणमा  बिरुवा लगाउने  समय भएकाले वडा नम्बर ८ र ९ मा  बिरुवा वितरण गरिएको हो।

दोस्रो चरणमा भने भदौ अन्तिमसम्म छनोटमा परेका प्रत्येक  ५० किसानलाई  १२ किलो लसुन , ६२ किलो आलु , ५० लिटरका पानी जम्मा गर्ने ३ वटा  डर्म , एउटा हजारी , ६० मिटर पाईप र २ वटा स्पिरिङ कलर वितरण गरिनेछ । उक्त कार्यक्रमको लागि ८ र ९ नम्बर  वडामा गरेर ६ लाख ९८ हजार रकम खर्च हुने सामाजिक परिचालक ओलीले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update