शैक्षिक गुणस्तर बढाउन गाउँपालिका द्वारा हरेक विद्यालयमा अनुगमन सुरु गरिएको छ । जस अन्तर्गत आज गाउँपालिकाको वडा नम्बर ६ मा रहेको श्री जनता आधारभुत विद्यालय खोपिचार र वडा नम्बर ५ मा रहेको कोट मावि रुमालबारामा अनुगमन तथा शिक्षक विद्यालय व्यवस्थापन समितिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
सोमबारदेखि अनुगमन थालेको गाउँपालिकाले आज तेस्रो दिन ५ र ६ नम्बर वडाको २ वटा विद्यालयमा अनुगमन गरेको हो । गाउँपालिका आर्थिक वर्ष २०७९ ०८० मा शिक्षालाई पहिलो प्राथमिकता राखेर नीति, कार्यक्रम तथा बजेट पास गरेसँगै समग्र गाउँपालिका शैक्षिक तथा भौतिक सुधारको अवस्था विद्यालयमा देखिएका समस्याबारे जानकारी लिन गाउँपालिका टोलिद्वारा विभिन्न विद्यालयहरुमा अनुगमन गरी देखिएका समस्या सुधारको लागि विभिन्न सुझाव दिँदै पालिकाबाट हल गर्ने उदश्यले अनुगमन थालिएको हो ।
अनुगमन तथा अन्तरक्रियाको क्रममा जनता आधारभूत विद्यालय खोपिचार भौतिक संरचनाको रुपले व्यवस्थित भएपनि विद्यार्थी संख्या कम भएको भर्ना भएका विद्यार्थी पनि नियमित विद्यालयमा उपस्थित नहुने समस्या देखिएको छ । त्यस्तै निजिस्रोत बाट नियुक्ति गरिएका शिक्षकहरुलाई विद्यालयको आयस्रोत नहुँदा समयमा तलब खुवाउन नसकिएको विद्यालयले जनाएको छ ।
त्यस्तै विद्यालयमा विषयगत शिक्षकको आवश्यकता भएको शिक्षक रमणविक्रम शाहले बताउनुभयो । त्यस्तै वडा नम्बर ५ मा रहेको कोट मावि रुमालबारामा पनि खेलमैदान, घेराबार, विषयगत शिक्षक, शिक्षकहरुलाई तालिम, वालमैत्री शचालय र आवश्यक शैक्षिक सामग्री नभएको प्रधानध्यापक शरद चन्द समालले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले विद्यालयमा पालिका भित्रका कुन विद्यालायमा कहाँ के समस्या छ भनेर बुझनको लागि स्थलगत अनुगमनमा निस्किएको बताउनुभयो । उहाँले अनुगमनका क्रममा विद्यालयमा देखिएका समस्यालाई प्राथमिकता आधारमा क्रमशः हल गर्दै जाने बताउनुभयो ।
आधारभूत तहमा विशेष मिहिनेत गरेर बालाबालिकालाई सिकाउन आग्रह गर्दै आधारभुत शिक्षा नै बालबालिकाको भविष्य निर्माणको मार्ग निर्देश भएकोले सिकाईमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । उपाध्यक्ष गोपाल रेउलेले बालबालिकाहरुलाई सरसफाइ , बोलचाली र लवाई खवाई लगाएत हरेक कुराको ज्ञान सिकाउन आग्रह गर्दै हरेक शिक्षकले आफुले गर्नुपर्ने जिम्मेवारी के हो भनेर ध्यान दिनुपर्ने बताउनुभयो ।
विद्यालायमा अध्ययनरत सम्पुर्ण बालबालिकाहरुलाई शिक्षकहरुले सक्रिय भएर आफ्नै छोराछोरी सम्झेर अध्यापन गराएमा विद्यार्थिहरुको आकर्षण बढ्दै जाने बताउनुभयो। मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका जिल्ला संयोजक दुर्गा गौतमले शिक्षालाई कसरी सुधार गर्न सकिन्छ भनेर सम्पुर्ण शिक्षकहरु योजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
जिल्लामा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमबाट शैक्षिक क्षेत्रमा काम गरिरहेकोले शैक्षिक क्षेत्र सुधारको लागि कोट माविमा आफ्नो कार्यक्रमको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मङ्गलसिङ बुढाले विद्यार्थीहरुलाई अन्यत्र विद्यालयमा जानबाट रोक्न पठनपाठनमा विशेष ध्यान दिँदै विषयगत शिक्षकलाई योजना बनाएर पढाउन सुझाव दिनुभएको छ ।