रुकुम पूर्वको सिस्ने गाउँपालिकाका ३ सामुदायिक विद्यालयलाई संगीत सामग्री प्रदान गरिएको छ । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २ वडाका ३ विद्यालयलाई संगीत सामग्री प्रदान गरिएको हो । ५ नम्बर वडाको कोट मावि रुमालबारा, रुक्मीणि मावि रुकुमकोट र त्रिभुवन जनता मावि छिप्रिदहलाई संगीत सामग्री प्रदान गरिएको हो ।
सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउलेले संगीत सामग्री विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका समन्वयकर्ता दुर्गा गौतमका अनुसार हरेक विद्यालयलाई एक वटा हार्मोनियम, १ वटा गितार, १ वटा बाँसुरी, १ वटा बेन्जो र १ वटा मादल प्रदान गरिएको छ । विद्यार्थीको सांगीतिक प्रतिभा प्रष्फुटित गर्ने उद्देश्यले संगीत सामग्री प्रदान गरिएको समन्वयकर्ता गौतमले बताउनुभयो ।