Kakhara सबैको खबर सम्पूर्ण खबर
कार्य सम्पादन मुल्यांकनमा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम देशभरीमा चौंथो 
जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिम ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम देशभरीका जिल्ला प्रशासन कार्यालय मध्यमा चौंथो भएको छ । वितेको आर्थिक वर्ष २०७८÷०७९ मा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम कार्य सम्पादन मुल्यांकनमा देशभरीमा चौंथो भएको हो । गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबीच हरेक वर्ष कार्यसम्पादन सम्झौता हुने गरेको छ । जुन सम्झौताको कार्यान्वयनको अवस्था मुल्यांकन समितिले सार्वजनिक गरेको मुल्यांकन प्रतिवेदन अनुसार ६८ वटा परिसूचकहरुमा ९६ प्रतिशत अंक ल्याएर रुकुम पश्चिम चौंथो भएको हो । कार्यसम्पादन मुल्यांकनमा गुल्मी जिल्ला प्रथम भएको छ ।

उसले ९७ अंक प्राप्त गरेको छ । त्यस्तै अर्घाखाँची दोस्रो र नवलपरासी पूर्व तेस्रो भएका छन् । यी चार जिल्ला बाहेक डडेलधुरा, हुम्ला, चितवन, तनहुँ, सल्यान, बैतडी, नवलपरासी (पश्चिम), पर्वत, जाजरकोट, मुस्ताङ, भक्तपुर, दाङ, संखुवासभा, तेह्रथुम, बारा, स्याङ्जा, दार्चुला, ओखलढुंगा, कास्की, दैलेख, पर्सा, बाँके, मनाङ, लमजुङ, ललितपुर, उदयपुर, मकवानपुर, मोरङ, रसुवा, सोलुखुम्बु, अछाम, बर्दिया, भोजपुर, इलाम, प्यूठान, रामेछाप, झापा, पाल्पा, सुनसरी, सुर्खेत, कपिलवस्तु र मुगुले ९० प्रतिशत भन्दा बढी अंक ल्याई उत्कृष्ट स्थान हासिल गरेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update