पुथाउत्तरगंगाका ५ सय ६० परिवारलाई ५६ लाख राहत वितरण
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका ५ सय ६० परिवारले कोभिड प्रभावित राहत प्राप्त गरेका छन् । १४ वटै वडाका कोभिड प्रभावितलाई गाउँपालिकाले राहत प्रदान गरेको हो । हरेक वडाका ४० जनाका दरले राहत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रति परिवार ४० हजारका दरले नगद राहत प्रदान गरिएको गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०७८/०७९ को उक्त राहत वापतको रकम प्रदान भइरहेको अध्यक्ष घर्तीले बताउनुभयो ।
कर्मचारीहरु वडा वडामा पुगेर राहत प्रदान गरिरहेका छन् । १० हजारका दरले हरेक वडामा ४ लाख र १४ वडामा ५६ लाख रुपैयाँ राहत प्रदान गरिएको छ । कोभिडका कारण समस्यामा परेकाहरुको सहयोगका लागि संघीय सरकारले उक्त रकम पठाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९ १०:१२
प्रतिक्रिया दिनुहोस्