अस्पताल तथा औषधीजन्य पसल दर्ता, नविकरण गर्न आठबीसकोटको अनुरोध
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले निजि अस्पताल, पोलिक्ल्निक, मेडिकल , फार्मेसी र आयुर्वेद औषधालयलाई दर्ता तथा नविकरण गर्न अनुरोध गरेको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै पत्र प्राप्त भएको ७ दिन भित्र दर्ता तथा नविकरण गर्न अनुरोध गरेको हो । नगरपालिका भित्र सन्चालनमा रहेका अस्पताल, पोलिक्ल्निक, मेडिकल, फार्मेसी र आयुर्वेद औषधालय आर्थिक वर्ष २०७९/०८० को लागि नयाँ दर्ता तथा नविकरण गर्न भनिएको छ ।
नयाँ दर्ता तथा नविकरण गर्न उक्त संस्थाले फार्मेसी दर्ता,कर दर्ता प्रमाणपत्र, कर्मचारी विवरण तथा नियुक्ति, संस्थाले प्रदान गर्ने शुल्कको सुचि र दररेट सहित एक हप्ता भित्र नगरपालिकामा उपस्थित भइ दर्ता तथा नविकरण गर्न प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले निकालेको सूचनामा उल्लेख गरिएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९ १०:३६
प्रतिक्रिया दिनुहोस्