रुकुम पश्चिममा कोभिड–१९ का बिरामीकाे संख्या बढ्दै गएको छ । साउन महिनाकाे हालसम्म कोरोना परीक्षण गरिएका मध्य ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय ८३ जनामा गरिएको परीक्षणमा ३६ जनामा कोराना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएका मध्य १ जनाको अस्पतालको आईसोलेसनमा उपचार भैरहेको छ भने अन्य होम आईसोलेसन रहेका छन् ।
हाल जिल्लामा २९ जना सक्रिय संक्रमित रहेका छन् । जिल्ला अस्पताल सल्ले, त्रिबेणि गाउँपालिका र बाँफिकोट गाउँपालिकामा कोरोना संक्रतित भेटिएका छन् । जिल्लाका अन्य पालिकामा भने कोरोना परीक्षण भएका छैन । अन्य पालिकामा पनि कोरोना परीक्षणको लागि किट पठाईएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कालिबहादुर ओलीले जानकारी दिनुभयो ।
त्यस्तै स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लामा कोरोना विरुद्धको खोप अभियान संचालन भए देखि हालसम्पम हिलो डोज ७२ प्रतिशतले, दास्रो डाेज ८० प्रतिशत र तेस्रो अर्थात बुस्टर डोज ४४ प्रतिशतले पाएका छन् । जिल्लामा भदौ ५ गते देखि ५ वर्ष माथिका बालबालिकाहरुलाई पनि फाईजर खोप लगाउन सुरु गरिने छ । कोरोनाको जोखिम बढेकाले सचेतना अपनाउन आग्रह गरिएको छ ।