Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी नदीमा पानीको वहाव बढ्यो, सतर्कता अपनाउन गाउँपालिकाको आग्रह 
उर्लिएकाे सानीभेरी ।

सानीभेरी नदीमा पानीको वहाव बढेको छ । गयरातीको लगातारको वर्षाका कारण नदीमा अन्य दिनको तुलनामा वहाव धेरै बढेको हो । त्यस्तै स्थानीय खोलामा समेत पानीको वहाव धेरै छ । नदीमा पानीको वहाव अस्वभाविक रुपमा बढेपछि सानीभेरी गाउँपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ । नदी तथा खोला आसपासमा रहेका गाउँपालिकावासीलाई सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको हो ।

गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले सतर्क रहन र कुनै घटना भएमा गाउँपालिका, वडा कार्यालय वा नजिकको प्रहरीमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ । वर्षातको समयमा विभिन्न घटनाहरु हुन सक्ने र लगातारको वर्षापछि नदी तथा खोलाको वहाव ह्वात्तै बढेकाले त्यसबाट बच्न उहाँले सबै गाउँपालिकावासीलाई आग्रह गर्नुभएको हो ।  
 

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update