मृत भेटिए
सानीभेरीका एक युवा मुम्बईमा मृत भेटिए
रुकुम पश्चिमका एक युवा भारतमा मृत भेटिएका छन् । सानीभेरी गाउँपालिका वडा नम्बर ९ का ३१ वर्षीय लोकबहादुर डाँगी भारतको मुम्बई स्थित आफू बस्ने कोठामा शनिबार मृत भेटिएका हुन् । लोकबहादुर ९ नम्बर वडा सदस्य विर्खे डाँगीको जेठा छोरा हुन् ।
लोकबहादुर कामको शिलशलिामा भारतको मुम्बई गएको परिवारले जनाएको छ । परिवारका सदस्यका अनुसार हृदयघातका कारण आफ्नै कोठामा मृत्यु भएको आशंका गरिएको छ। घटनाको विस्तृत विवरण आइसकेको छैन ।
प्रकाशित मिति: आइतबार, साउन २२, २०७९ ०८:२०
प्रतिक्रिया दिनुहोस्