Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी २ गैरिनेटाको आधारभूत स्वास्थ्य इकाईमा पहिरोले क्षेती

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ गैरीनेटामा शुक्रबार साँझकाे अविरल वर्षाका कारण झरेकाे पहिरोले आधारभूत स्वास्थ्य इकाईको भवनमा क्षेती पुर्याएको छ । स्वास्थ्य इकाईको भवनको माथी बाट खसेको पहिरोले उक्त भवनमा क्षेती पुर्याएको हो । २ वटा झ्याल भत्काएर पहिरो भवनको भित्र पसेको स्थानीय अन्तबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोठामा रहेका टेबल, बेन्च, औषधि, बिरामी जाच्ने उपकरणमा समेत पहिरोले क्षेती पुर्याएको छ । नजिकै रहेको शाैचालयको खाडल पनि पुरिदिएको छ । तत्काल स्वास्थ्य इकाई सन्चालन गर्ने अवस्था नभएकाले वडा कार्यालयमा खबर गरिएको र छिट्टै सन्चालन गर्नेको लागि पहल गर्न अनुरोध गरिएको खड्काले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update