Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिममा सहुलियतपूर्ण कृषि ऋण वितरण सुरु
कृषकहरुलार्य ऋण स्विकृति पत्र हस्तान्तरण गर्दै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी र पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकर ।

रुकुम पश्चिममा कृषकहरुलाई सहुलियत पूर्ण कृषि ऋण वितरण सुरु भएको छ । जिल्लाका सबै स्थानीय तहहरुले केहि समय अगाडि कृषिमा व्यवशायिकरण गरी रोजगारी सृजना गर्ने उदे्श्यले सहुलियतपूर्ण ऋणका लागि विभिन्न बैंकहरु संग सम्झौता गरेका थिए । चौरजहारी नगरपालिकाबाट ऋण वितरणको काम सुरु भएको हो । आईतबार चौरजहारी नगरपालिकाका ४ वटा सहकार्य समुहलाई ऋण स्विकृति पत्र हस्तान्तरण गरिएको छ । प्रक्रिया पुरा गरेका ४ वटा सहकार्य समुहलाई राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले ऋणको स्विकृति पत्र हस्तान्तरण गर्नुभएको हो ।

ऋण स्विकृति पत्र हस्तान्तरण गरेसंगै ऋण वितरण सुरु भएको नगर प्रमुख विशाल शर्माले बताउनुभयो । नगरपालिकामा सहुलियत कृषि ऋणका लागि १ हजार ९ वटा सहकार्य समुह गठन भएको उहाँले जानकारी दिनुभयो । एउटा सहकार्य समुहमा ५ जना सदस्य रहेका छन् । यसरी ऋणका लागि ५ हजार ४५ जना कृषकहरु इच्छुक देखिएको उहाँको भनाई छ । यसमा अझै बढ्न सक्ने उहाँले बताउनुभयो । अहिले नगरपालिकाले सहकार्य समुहलाई अभिमुखिरकण गरिरहेको छ । हालसम्म करिब २ सय बढी समुहलाई अभिमुखिकरण गरिसकेको नगर प्रमुख शर्माले बताउनुभयो । चैत्र मसान्तसम्म सबै सहकार्य समुहलाई ऋण लागनीको उद्ेश्य र यसको सदुपयोग लगायतका विषयमा अभिमुखिकरण गरिसक्ने नगरपालिकाको लक्ष छ ।

अभिमुखिकरण र ऋण वितरणको काम संग संगै अगाडि बढ्ने बताईएको छ । सहुलियत ऋणका लागि नगरवासीलाई आह्वान गरेको र त्यसै अनुसार हालसम्म १ हजार ९ वटा सहकार्य समुह दर्ता भएको र अझै पनि ऋण लिन चाहने समुह आएमा दर्ता गरिने नगरपालिकाको भनाई छ । ऋणका लागि ५ सदस्यीय सहकार्य समुहको आवश्यकता पर्छ । एउटा समुहलाई बढीमा १० लाखसम्म ऋण लगानि हुने छ । उक्त ऋण समुहका सदस्यहरुले व्यक्तिगत रुपमा २ लाखका दरले कृषि व्यवशायमा लगानी गर्नु पर्ने छ । व्यक्तिगत कृषि तथा पशुपालन देखि साना उद्योग सम्ममा उक्त ऋण लगानी गर्न सकिने छ । चौरजहारीका कृषकहरुले वार्षिक २ दशमलव ६१ प्रतिशत व्याजदरमा ऋण पाउँदै छन् ।

नगरपालिकामा अहिले तत्कालै १ अर्व ९० लाख ऋण लगानी हुँदै छ । सहकार्य समुह बढेमा लगानी पनि बढ्ने नगर प्रमुख शर्माले बताउनुभयो । जिल्लाका अन्य स्थानीय तहहरुले पनि ऋणको प्रक्रियालाई अगाडि बढाईरहेका छन् । सहकार्य समुह गठनको काम भइरहेको स्थानीय तहहरुले जनाएका छन् । नेकपाका नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्माको पहलमा जिल्लाका सबै स्थानीय तहहरुले सहुलियत ऋणका लागि बैंकहरुसंग सम्झौता गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update