रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा कृषि विकास बैंक रुकुम पश्चिम शाखाले नगद हस्तान्तरण कार्यक्रम गरेको छ । सिकाई समुह प्राली वडा नम्बर २९ अनामनगर काठमाडौलाई कृषि विकास बैंक शाखा मुसिकोटले ३ लाख ५० हजार नगद रकमको चेक हस्तान्तरण गरेको हो ।
बैंकको सामाजिक उत्तर दायित्व बहनका लागि बैंकले नगद हस्तान्तरण गरेको जनाएको छ । ३ लाख ५० हजार नगद रकम बाट जिल्लाका ३ पालिकामा पुस्तक वितरण गरेको सिकाई प्राली काठमाडौका प्रतिनिधि शिव आचार्यले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर र सुधारको लागि मुसिकोट नगरपालिका, बाँफीकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकामा पुस्तक वितरण गरिएको हो ।
विशेष गरी सामुदायिक विद्यालयका शिक्षक विद्यार्थीलाई केन्द्रित गरेर पुस्तक निर्माण गरिएकाले शिक्षक विद्यार्थीलाई सहयोग पुग्नुका साथै शैक्षिक गुणस्तर पनि सुधार हुने सिकाई समुहका प्रतिनिधि आचार्यले बताउनु भयो ।
कृषि विकास बैंक शाखा मुसिकोटलाई र सिकाई समुह प्रालीलाई धन्यवाद ज्ञापन गर्दै मुसिकोट नगर प्रमुख महेन्द्र केसीले नगरपालिकाले शैक्षिक सुधारका कार्यक्रमले नगरपालिकालाई पनि फाइदा हुने भएकाले नगरपालिकाको तर्फबाट सहयोग गर्ने बताउनुभयो ।
कृषि विकास बैंक मुसिकोट शाखाका प्रबन्धक जोगबहादुर खड्को अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि कृषि विकास बैंक शाखाका बरिष्ठ प्रमुख रमेशकुमार अर्याल अन्य अतिथिहरुको पनि उपस्थित रहेको थियो ।