रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा किसानले लगाएको मकै बाली पुर्ण रुपमा क्षेती भएको छ । शनिवार साँझ पानी सहित आएको हावाहुरीले किसानले लगाएको मकै बाली पूर्ण रुमापमा क्षेती गरेको हो । वडाको दहभागे, लग्र, बल्ले र दाङ्चुङमा हावाहुरीले कोषा फाल्न लागेको मकै बालीमा पूर्ण रुपमा क्षेती पुर्याएपछि किसानहरु चिन्तित बनेका छन ।
किसानले परिश्रम गरेर उत्पादन हुने समयमा हावाहुरीले मकै बालीमा क्षेती पुर्याएपछी किसानहरु निराश भएको वडा अध्यक्ष सुन्दर ओलीले बताउनुभयो । उहाँका अनुसार सोही वडाको बल्ले टोलमा निरन्तर वर्षाका कारण विकल्प ओली र खिमबहादुर ओलीको घर पहिरोको उच्च जोखिममा परेका छन भने दाङ्चुङ टोलमा कृष्णबहादुर चन्दको घर पनि पहिरोको उच्च जोखिममा परेको छ ।
अविरल वर्षाका कारण घर मुनीबाट जमिन भासिएपछी पहिरोको उच्च जोखिममा परेका हुन । पहिरोको जोखिममा परेपछि विकल्प ओली र खिमबहादुर ओलीले परिवार सहित बस्तु भाउ सुरक्षीत ठाउँ आफ्नै भाईको घरमा सर्नुभएको छ । कृष्णबहादुर चन्दको परिवार भने एक ठाउँ मात्रै घर भएकाले पहिरोको जोखिम भएकै घरमा बस्दै आउनुभएको छ । किसानहरुले लगाएको मकै बाली पुर्ण रुपमा क्षेती भएकाले वडा कार्यालय बाट गर्न सक्ने सहयोग आफुले गर्ने वडा अध्यक्ष ओलीले बताउनुभयो ।