वेवारिसे शवकाे सदगद
लामो समय पहिचान हुन नसकेपछि महिलाको शव गाडियो
१७ दिन अघि भेटिएको शवको सदगद गरिएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका १, गिल्वाङ स्थित नेपानेमा भेटिएको महिलाको शवको सदगद गरिएको हो । साउन ६ गते स्थानीयले अन्दाजी ३५/४० वर्ष उमेरकी महिलाको शव भेटिएको थियो । भेटिएको शवको पहिचान हुन नसकेपछि मुसीकोटको नगर प्रहरीले शवको सदगद गरेको हो ।
शव खोज्न आउन र पहिचानका लागि सबैतिर आग्रह गर्दा पनि कोही नआएपछि शव सदगद गरिएको मुसीकोट नगर प्रहरीले जनाएको छ । मुसीकोट नगरपालिका ३ स्थित मुग्लुखोला सानीभेरी नदी किनारमा शव गाडिएको नगर प्रहरी सहायक निरीक्षक उमेश केसीले जानकारी दिनुभयो । शव भेटिएपछि जिल्ला अस्पतलामा राखिएको थियो । लामो समयसम्म कोही सम्पर्कमा नआएपछि नेपाल प्रहरीले सबै प्रक्रिया पूरा गरेर शवको सदगद गरेको हो ।
प्रकाशित मिति: सोमबार, साउन २३, २०७९ १७:१३
प्रतिक्रिया दिनुहोस्