Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा विद्यार्थीसँग 'अखिल क्रान्तिकारी' कार्यक्रम सुरु
सानीभेरी गाउँपालिकामा भएकाे कार्यक्रममा सहभागिहरु ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी रुकुम पश्चिमले विद्यार्थीसँग अखिल क्रान्तिकारी कार्यक्रम गरेको छ । जिल्लाका ५ पालिकामा आज एकै साथ कार्यक्रम सुरु गरिएको हो ।

मुसीकोट नगरपालिका, आठबीसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा विद्यार्थीसँग अखिल क्रान्तिकारी कार्यक्रम सम्पन्न भएको हो । अनेरास्ववियू क्रान्तिकारी रुकुम पश्चिमका अध्यक्ष नारायण केसीले चौरजहारीमा साउन २० गते यो कार्यक्रम सुरु भएको र ५ पालिकामा आज सुरु भएको जानकारी दिनुभयो ।

मुसीकोटको बाल कल्याण मावी काँशपोखरी, आठबीसकोट नगरपालिकाको जनविकास मावि घेत्मामा कार्यक्रम सम्पन्न भएको छ । बाँफिकोट गाउँपालिकाको विरेन्द्र माध्यामिक विद्यालय बाँफिकोट, सानीभेरी गाउँपालिकाको सूर्योदय मावि बेल्टापु र त्रिवेणी गाउँपालिकाको त्रिवेणी मावि सिम्रुतुमा कार्यक्रम सम्पन्न भएको छ ।

मुसीकोटमा केन्द्रीय सदस्य जीवन खड्का, आठबीसकोटमा कर्णाली प्रदेश कार्यालय सदस्य शुशिल विष्ट, बाँफिकोट गाउँपालिकामा केन्द्रीय सदस्य समकृति पुनलाई कार्यक्रमका लागि खटाइएको छ। सानीभेरी गाउँपालिकामा कर्णाली प्रदेश उपाध्यक्ष तुल देवकोटा, त्रिवेणी गाउँपालिकामा जिल्ला अध्यक्ष नारायण केसीलाई खटाइएको छ ।

तीन महिना चल्ने यो अभियानमा संगठन सुदृढिकरण्को काम गरिने अध्यक्ष केसीले बताउनुभयो । संगठन निर्माण, पुनगठन लगायतका काम पनि यो अभियानका क्रममा गरिने अध्यक्ष केसीले बताउनुभयो । चौरजहारीको अभियानका लागि भने केन्द्रीय सचिवालय सदस्य सुन्दर शर्मालाई खटाइएको छ । 

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update