Kakhara सबैको खबर सम्पूर्ण खबर
जनयुद्धको प्राथमिकता स्वस्थ र स्फूर्ति पनि थियोः नेता पुन
गणेशमान पुन

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गणेशमान पुनले जनयुद्धका धेरै उद्देश्यमध्य स्वस्थ र स्फूर्ति निर्माण पनि एउटा उद्देश्य भएको बताउनुभएको छ । शारीरिक र मानसिक रुपमा मान्छे स्वस्थ भए मात्रै अरु विकासमा लाग्न सकिने भन्दै उहाँले स्वस्थताका लागि खेल महत्वपूर्ण भएको बताउनुभयो । जिल्ला ब्याडमिन्टन संघ रुकुम पूर्वले जनयुद्ध दिवशको अवसर पारी आयोजना गरेको खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता उद्घाटन गर्दै नेता पुनले खेलले एकता र अनुशासनमा पनि बाँध्ने बताउनुभयो ।

पूर्व मन्त्री समेत रहनुभएका नेता पुनले स्वस्थता, मनोरञ्जन, एकताका लागि पनि सबै नागरिक कुनै न कुनै खेलमा जोडिनुपर्नेमा उहाँको जोड छ । खेल मार्फत समृद्धि आउने, समाजवादको उद्देश्य पूर्ति हुने भन्दै उहाँले यसका लागि ठिक ठिक ढंगबाट सबैको भूमिका औल्याउनुभयो । खेल र अरु सबै क्षेत्रमा राज्यले लगानी गर्नुपर्ने भन्दै उहाँले नेपालको हालको संरचना अनुसारका तीन तहकै सरकारले खेल क्षेत्रमा लगानी गर्नुपर्ने र खेल क्षेत्रमा रहेकाहरुले त्यसलाई सहि सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

युवा, खेलाडी सबैले गाउँ, समाज निर्माणका लागि सिर्जनात्मक र रचनात्मक कार्यक्रममा ध्यान दिनुपर्ने भनाई उहाँको छ । युवाहरु सिप विकासमा लाग्नुपर्ने र रोजगार स्वरोजगारमा पनि युवाहरुले ध्यान दिनुपर्ने भन्दै नेता पुनले यो वातावरण निर्माणका सबै तह लाग्नुपर्ने र आफू पनि त्यसका लागि प्रतिबद्ध रहेको बताउनुभयो । सिस्ने गाउँपालिका, युवा विकास केन्द्रको आर्थिक सहयोगमा जिल्ला ब्याडमिन्टन संघ रुकुम पूर्वले प्रतियोगिता आयोजना गरेको हो ।

 

प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update