Kakhara सबैको खबर सम्पूर्ण खबर
क्षमताकाे दुई गुणा बढी श्यैयाबाट सेवा दिँदै जिल्ला अस्पताल रूकुम पश्चिम
अस्पतालमा उपचाररत बिरामी ।

जिल्ला अस्पताल रुकुम पश्चिममा वेड क्षमता भन्दा बढी सेवा प्रवाह भइरहेको छ । अस्पतालमा विगत केही वर्ष देखि क्षमता भन्दा बढी सेवा प्रवाह भइरहेको हो । अस्पताल १५ श्यैयाको हो । तर अहिले २५ देखि ३० श्यैयाबाट सेवा प्रवाह भइरहेको छ । लामो समयसम्म पनि अस्पतालको स्तरोन्नति गरिएको छैन् । तर बिरामीको चाप बढ्दै गएपछि भने बेड संख्या बढाएर सेवा दिईरहेको अस्पतालका महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर केहलविक्रम जिसीले जानकारी दिनुभयो । 

‘अस्पतालको क्षमता १५ श्यैयाको हो, तर विगत केही वर्ष देखि हामीले वेड थपेर सेवा दिईरहेका छौं, उहाँले भन्नुभयो अहिले अस्पतालमा २५–३० श्यैयामा सेवा प्रवाह भइरहेको छ ।’ दैनिक १५ जनाभन्दा बढी बिरामी भर्ना गरेर उपचार गर्नुपर्ने भएपछि बेड थपेर उपचार गरिरेको उहाँले बताउनुभयो । हाल जिल्ला अस्पतालमा बिरामीको चाप छ । अहिले १ जना कोभिडका विरामी सहित २५ जना भन्दा बढीको उपचार भइरहेको जिल्ला अस्पतालले जनाएको छ । त्यस्तै अस्पतालमा दैनिक ३, ४ जना महिलाले प्रसुति सेवा लिईरहेका छन् ।

Dho 11660215521.jpg

अस्पतालमा जटिल खालको समस्या भएका महिलाको अप्रेशन गरेर सुत्केरी बनाउने सेवा समेत छ । अस्पतालमा हाल २ जना विशेषज्ञ र ६ जना मेडिकल अधिकृत गरी ८ जना डाक्टरहरु रहेका छन् । यसैविच अस्पतालको स्तरवृद्धिको काम भने भइरहेको छ । अस्पतालको नयाँ भवन निर्माणको काम जारी छ । अस्पतालको स्तरोन्नति अन्तरगत भवन निर्माणको काम भइरहेको र भवनको काम सकियो भने हालको भन्दा अस्पतालको क्षमता बृद्धि हुने स्वास्थ्य सेवा कार्यालयले जनाएकाे छ ।

अस्पताल ठ्याक्कै कति श्यैयाको हुन्छ भन्ने अहिले नै भन्न नसकिने भएपनि अहिलेको १५ श्यैयाको क्षमता भने बृद्धि हुने कार्यालयकाे भनाई छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update