Kakhara सबैको खबर सम्पूर्ण खबर
मृतकको परिवारलाई सहयोग हस्तान्तरण

अरिङगालको टोकाइबाट मृत्यु भएका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर १ का सुवर्ण सुनारको परिवारलाई आर्थिक सहयोग गरिएको छ । त्रिवेणी ६ का पुर्व वडा अध्यक्ष तथा माओवादी केन्द्र त्रिवेणी गाँउपालिका कोषाध्यक्ष राजेन्द्र पुनको नेतृत्वमा सहयोग संकलन गरिएको हो ।  
 
विभिन्न व्यक्ति, जनप्रतिनिधि, झुल्नेटा बजारका व्यापारी लगायतले सहयोग  गरेको पुनले बताउनुभयो । संकलन भएको ३५ हजार ३ सय ५ रुपैयाको चेक आज मृतककी श्रीमती आशा विक सुनारलाई हस्तान्तरण गरिएको छ । छोरीको पढाइमा सहयोग पुगोस भनेर सहयोग संकलन गरिएको पुनले बताउनुभयो ।

आज मृतकको घरमै पुगेर चेक हस्तान्तरण गरिएको हो । पुन सहित  त्रिवेणी १ का वडा अध्यक्ष सुन्दर ओली, ६ का वडा अध्यक्ष भद्रबहादुर सिर्पाली, त्रिवेणी १ का पूर्व वडाध्यक्ष मोहनकिशोर ओली, २ का पूर्व वडाध्यक्ष शोभाराम बोहोरा लगाएतको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।
 

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update