Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा थपिए साढे ९ सय मतदाता 

रुकुम पूर्वमा साढे ९ सय मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचन पछि जिल्लामा ९ सय ३३ जना मतदाता थपिएका हुन् । स्थानीय तहको निर्वाचन तोकिएपछि रोकिएको मतदाता नामावली संकलन गत असार १ गतेबाट सुरु भएको थियो । असार १ गते देखि साउन १९ गतेसम्म जिल्ला भरमा ९ सय ३३ जना मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो ।

जसमा ४ सय ८४ जना पुरुष र ४ सय ४९ जना महिला रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार थपिएका मध्य सबै मतदाताले आगामी निर्वाचनमा मतदान गर्न पाउने वा नपाउने भन्ने एकिन भइसकेको छैन् । नागरिकता बनेपछि मतदाता नामावली बनाउन पाउँने तर १८ वर्ष नपुगेका मतदाताले मतदान गर्न नपाउने भएकोले थपिएका मध्य कति मतदाता योग्य छन् भन्ने अहिले नै एकीन नभएको उहाँको भनाई छ ।

जिल्लामा यसअघि मतदाताको संख्या ३३ हजार ५ सय १८ थियो । यि सबै १८ वर्ष पुगेका मतदाता हुन् । यस बाहेक नामावली भएका तर १८ वर्ष नपुगेका मतदाताको संख्यामा पनि रहेको छ । आगामी प्रदेश र प्रतिनिधि सभामा मतदाता संख्या कति हुन्छ भनेर नामावलीमा दाबी विरोध पछि मात्र थाहा हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

मंसिर ४ गतेका लागि प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति तोकिएसंगै मतादता नामावली दर्ताको काम रोकिएको छ । अव निर्वाचन सकिएपछि मात्र नयाँ मतदाता नामावली दर्ताको काम सुरु हुने छ । 

१० वटा मतदान स्थल थप्न सिफारिस 
यसैविच रुकुम पश्चिममा १० वटा मतदान स्थल थप गर्न सिफारिस गरि पठाईएको छ । गत साउत १२ गतेको जिल्ला मतदान स्थल सिफारिस समितिको बैठकले जिल्लामा १० वटा मतदान स्तथ आवश्यक रहेको भन्दै सिफारिस गरी पठाएको थियो । 

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले सिस्ने गाउँपालिकाका वडा नम्बर १ र ७, भूमे गाउँपालिकाका वडा नम्बर ६, ७, ८ र ९ तथा पुथाउत्तरगंगा गाउँपालिकाका वडा नम्बर २, ५, ७ र ११ मा एक एक वटा मतदान स्थल सिफारिस गरि पठाएको हो । जिल्लामा हाल ३५ मतदान स्थल र ४९ वटा मतदान केन्द्र रहेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update