Kakhara सबैको खबर सम्पूर्ण खबर
अझै बनेन राजापानीको सडक, ठुला सवारी साधन ठप्प

घिउखोला–राजापानी–गाराघाट सडकखण्ड अन्तरगत राजापानीमा खसेको पहिरो अझै हटाइएको छैन । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १ राजापनीमा खसेको पहिर सडक अवरुद्ध हुँदा दैनिक मोटरसाइकलमा यात्रा गर्नेहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । पहिरोको कारण ठूला सवारी साधन ठप्प भएका छन् भने मोटरसाइलमा यात्रा गर्नेहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । 

उक्त सडकखण्डको राजापानी विद्यालयमा माथिबाट पहिरो खसेको छ । पहिरोको कारण विद्यालयको प्राङ्गनमा पहिरो नै थुप्रिएको छ । बाँफिकोट गाउँपालिकाका विभिन्न ठाउँ जाने मोटरसाइकल त्यही बाटो भएर आउत जावत गर्ने गरेका छन् । राजापानीमा खस्ने पहिरोको कारण भने निकै जोखिम रहेको सुनिल केसीले बताउनुभयो ।

त्यस्तै उक्त सकड खण्डका विभिन्न ठाउँमा खसेको पहिरोको कारण पनि दैनिक उपभोग्यका सामग्री ढुवानीमा समस्या भएको छ । मुसीकोट नगरपालिका वडा नम्वर १ र २ का विभिन्न ठाउँमा साना तथा ठुला पहिरो खस्नुका साथै सडकमा खाल्डा खुल्डी परेका छन् । सडकमा खसेको पहिरो र खाल्डाखुल्डीका कारण ठुला सवारी साधन चल्न सकेका छैनन् ।

डवल कटिङको जिम्मा लिएको ठेकेदारको लापर्वाहिका कारण सडक अवरुद्ध भएको स्थानीयको आरोप छ । सडक अवरुद्ध हुँदा गाँराघाट बजारमा सामान ढुवानीमा समस्या हुनुका साथै दैनिक बाँफिकोट गाउँपालिकाको केन्द्र सम्म पुग्ने मोटरसाईकल आउतजाउतमा समस्या हुने गरेको छ । सडक बन्द भएको लामो समय भैसक्दा पनि सडक खुलाउनमा कसैको चासो नभएको स्थानीय पतिराम केसीले गुनासो गर्नुभयो ।

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update