Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका जेष्ठ नागरिकलाई निःशुल्क दिवा खाजा

रुकुम पश्चिममा जेष्ठ नागरिकहरुका लागि निःशुल्क दिवा खाजा कार्यक्रम सन्चालन गरिएको छ । जेष्ठ नागरिक जिल्ला संघ रुकुम पश्चिमले जिल्ला भित्र रहेका जेष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क दिवा खाजा कार्यक्रम सन्चालन गरेको हो ।  

जेष्ठ नागरिकलाई  सहजताका  लागि जिल्लामै  निःशुल्क रुपमा दिवा खाजा कार्यक्रम सन्चालन गरिएको जेष्ठ  नागरिक जिल्ला संघका सचिव गोकर्ण पुनले जानकारी दिनुभयो । उहाँका अनुसार २०७८ साल चैत देखि जिल्लाको सदरमुकाम मुसिकोट १  खलंगामा कार्यालय स्थापन गरी  जेष्ठ नागरिकलाई दिवा खाजा अन्तर्गत फलफूल, चिया, बिस्कुट लगायत जेष्ठ नागरिकले रुचाउने खाजा दिइन्छ ।  

जेष्ठ नागरिकहरुको रमाइलो लागि   कार्यालयमै  टिभी, मादल, खैचडीको पनि व्यवस्था गरिएको छ । यसबाट जेष्ठ नागरिकले मनोरञ्जन पनि गर्न सक्छन् । यस बारेमा सबैलाई जानकारी नहुँदा अहिले दिवा खाजाको लागि जेष्ठ  नागरिकहरु थोरै मात्रामा आउने गरेका छन । जेष्ठ  नागरिक जिल्ला संघले रुकुम  पश्चिमका ६ वटै स्थानीय तहका जेष्ठ  नागरिकलाई लक्षित गरेर कार्यालय तथा यो सेवा सञ्चालनमा ल्याएको हो हो ।

जेष्ठ नागरिक दिवा खाजाको लागि सामाजिक  विकास कार्यालय रुकुम पश्चिमले १ लाख रकम र मुसिकोट नगरपालिकाले ३ लाख बजेट विनियोजन गरेका छन् ।  गत आर्थिक वर्ष २०७८/०७९ मा सामाजिक विकास कार्यालय र मुसिकोट नगरपालिकाको आर्थिक सहयोगमा जिल्लाका  ३६ जना जेष्ठ नागरिकलाई ५ दिनको मुक्तिनाथ भ्रमण पनि गराइएको थियो । 

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update