Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा एमाले मुख्य ५ एजेण्डाका साथ चुनावमा जान्छः उपमहासचिव ज्ञवाली 
पत्रकार सम्मेलनमा बाेल्दै उपमहासचिव प्रदिप ज्ञवाली ।

नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले नेकपा एमाले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मुख्य ५ वटा एजेण्डाका साथ चुनावमा जाने बताउनुभएको छ । प्रेस चौतारी नेपालले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । राष्ट्रिय हितको रक्षा, संविधान र लोकतन्त्रको रक्षा, सामाजिक, आर्थिक, रुपान्तरणको अभियानलाई पुरा गर्ने, संकटग्रस्त अर्थतन्त्रलाई सही बाटोमा ल्याउने र सुशासन मुख्य एजेण्डा रहेको उहाँले बताउनुभयो ।

साथै उहाँले चुनावपछि एमाले सत्तामा पुग्ने दाबी पनि गर्नुभयो । ‘एमालेले आफ्नै शक्तिमा लडेर चुनाव जित्छ चुनाव पछि सत्ताको जिम्मेवारी एमालेले सम्हाल्छ, त्यो पनि जनादेशको हो परमादेशबाट होईन उहाँले भन्नुभयो ।’ त्यस्तै नेता ज्ञवालीले आगामी निर्वाचन नेकपा एमालेले एक्लै लड्ने बताउनुभयो । एमाले एक्लै चुनाव लड्न सक्षम रहेको उहाँले बताउनुभयो । तर मुद्दा मिल्नेसंग चुनावी एकताका लागि ढोका बन्द भने नगरेको उहाँले बताउनुभयो ।

स्थानीय आवश्यकताका आधारमा मुद्धा मिल्नेहरुसंग एकता हुनसक्ने उहाँले बताउनुभयो । साथै उहाँले चुनाव घोषणा भएपछि सरकार काम चलाउ भएकोले नियमित सरकारले जस्तो दीर्घकालिन असर गर्ने र मतदातालाई प्रभावित पार्ने खालका कार्यक्रम ल्याउन नमिल्ने बताउनुभयो । 


 

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update