Kakhara सबैको खबर सम्पूर्ण खबर
पुरुष तर्फ बाँफिकोट ५ र महिलामा भुमे ८ विजेता
पुरुष तर्फ विजेता बाँफिकोट गाउँपालिका ५ को टिम ।

रुकुम पूर्वको अस्थायी सदरमुकाम रुकुमकोटमा आयोजित खुला वडा स्तरीय पुरुष भलिबलको उपाधी रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–५, ले जितेको छ । ‘जनयुद्ध’ दिवसको अवसरमा आयोजित प्रतियोगिता अन्तरगत आज भएको फाईनलमा पुथाउत्तरगंगा गाउँपालिका–८, लाई ३–१ को सेटमा पराजित गर्दै बाँफिकोटले उपाधी हात पारेको हो । विजेता बाँफिकोट ५ ले नगद ५० हजार र कप हात पार्दा उप विजेता बनेको पुथाउत्तरगंगा ८ ले नगद ३० हजार र कप हात पार्यो । त्यस्तै प्रतियोगितामा आयोजक सिस्ने गाउँपालिका वडा नं. ६ तृतिय भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा उसले भुमे गाउँपालिका–९, चुनवाङ्गलाई पराजित गरेको हो ।

तेस्रो हुने आयोजकले २० हजारमा चित्त बुझाएको छ । पुरुष भलिबलमा १७ टिमले प्रतिस्पर्धा गरेका थिए । यसैविच महिला भलिबल तर्फ भने भुमे गाउँपालिका–८, कुचिवाङ्ग विजेता बनेको छ । आजै भएको फाईनलमा पुथाउत्तरगंगा गाउँपालिका ८ लाई पराजित गर्दै कुचिवाङ्गले महिला तर्फ उपाधी हात पारेको हो । विजेता भुमे ८ ले ३० हजार सहित कप प्राप्त गर्दा उप विजेता पुथाउत्तरगंगा ८ ले २० हजार नगद र कपमा चित्त बुझाएको छ । त्यस्तै महिला तर्फ सिस्ने गाउँपालिका वडा नं. ६ को त्रिभुवन जनता माविको टोली भएको आयोजक सिस्ने गाउँपालिका–६, ले जनाएको छ ।

उसले नगद १० हजार प्राप्त गरेको छ । महिला भलिबल तर्फ ६ टिमले भाग लिएका थिए । २६ औं जनयुद्ध दिवसको अवसरमा सिस्ने गाउँपालिका ६ वडा कार्यालयले महिला, पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update