रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर ५ लिखाबाङमा ‘एक घर, एक धारा’ अन्तरगत खानेपानी आयोजनाकाे काम सकिएकाे छ । खक्सेनी–लेखावाङ–जमानधारा–टिम्मुरचौर खोनपानी तथा फिरफिरे सिंचाई आयोजना निर्माण भएको हो । आयोजना मार्फत लेखावाङका ३८ घरमा धारा निर्माण गरिएको छ । त्यस्तै उक्त वडामा रहेका विद्यालयमा पनि वालमैत्री धारा समेत निर्माण गरिएको छ ।
जलवायु परिवर्तन परियोजनाको ४८ लाखमा आयोजना निर्माण भएको हो । आयोजनाको २५ हजार लिटर ट्याङ्कीबाट पानी वितरण भैरहेको वडा अध्यक्ष मनु शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार पालिका स्तरिय अनुगमन टोलीले आयोजनाको अनुगमन पनि गरेको छ । गाउँपालिका उपाध्यक्ष तारा बुढा केसीको नेतृत्वमा उक्त आयोजनाकाे अनुगमन भएकाे अध्यक्ष शाहीले जानकारी दिनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दर्गबहादुर ओली, पालिकाका प्राविधिक लगायतको टोली अनुगमणको लागि लेखावाङ पुगेको थियो । अनुगमण सोमबार भएको वडा अध्यक्ष शाहीले जानकारी दिनुभयो ।