रूकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी)ले विद्यालयहरुमा इकाई समिति गठनलाई तिब्र बनाएको छ । विद्यार्थीसंग अखिल (क्रान्तिकारी) अभियान लिएर संगठनले चौररजहारी नगरपालिकामा पनि संगठन विस्तारलाई तिव्रता दिएको हो । सोही अभियान अन्तरगत आज नगरपालिकाको वडा नम्बर १३ स्थित सरस्वती माध्यमिक विद्यालय घरेलिचौरमा संगठन विस्तार गरिएको छ ।
दिनेश शर्माको अध्यक्षतामा ४५ सदस्यिय मावि मूल इकाई समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा समीक्षा केसी, प्रमिला बिक र असल हमाल, सचिवमा अञ्जना शर्मा, सह सचिवमा रीमा ओली र पुष्पा ओली रहनु भयको छ भने कोषाअध्यक्षमा जगत केसी रहनु भएको छ ।
अनेरास्ववियू (क्रान्तिकारी) चौरजहारी नगर समिति सदस्य प्रकाश डाँगी, विद्यार्थी नेतृ रमा खड्का, धनशरा थापा लगायतको उपस्थितिमा संगठन विस्तार भएको हो । नविन्द्र महताराको अध्यक्षतामा भएको विद्यार्थी भेलाको सञ्चालन दिपेश विकले गर्नु भएको थियो ।