Kakhara सबैको खबर सम्पूर्ण खबर
विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्र सर्वोत्कृष्ट
कदर पत्र ग्रहणपछि रूकुम पश्चिम वितरण केन्द्र प्रमुख त्रिलाेचन भट्टराई।

नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्र सेवा प्रवाहमा सवोत्कृष्ट हुँदै सम्मानित भएको छ । नेपाल विद्युत प्राधिकरणले आफ्नो ३७ औं वार्षिकोत्सवको अवसरमा देशभरका १७ वटा कार्यालयलाई सर्वोत्कृष्ट घोषित गर्दै कदर पत्रले सम्मान गरेको छ । त्यसमा रुकुम पश्चिम वितरण केन्द्र पनि परेको छ । रुकुम पश्चिम वितरण केन्द्र अन्तरगत सल्यान–रुकुम ३३ के.भी. अपग्रेड तथा मुसीकोट सव स्टेशन सञ्चालन गरी विद्युत वितरण प्रणालीमा उल्लेख्य सुधार गरेको भन्दै रुकुम पश्चिम वितरण केन्द्र सम्मानित भएको हो ।

299162835_3238364766483487_2053907779018826457_n1660740375.jpg

त्यस्तै विद्युत चुहावट न्युनीकरण गर्न सफल भएकोमा समेत वितरण केन्द्र सम्मानित भएको हो । उक्त कदर पत्र वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईले ग्रहण गर्नुभयो । यो सम्मानले सही कामको मुल्यांकन भएको केन्द्र प्रमुख भट्राईले बताउनुभयो । राम्रो गर्ने प्रयास गरेको र यसैको मुल्यांकन भएको भन्दै उहाँले खुशि समेत व्यक्त गर्नुभयो । साथै उहाँले यो सफलतामा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद पनि दिनुभएको छ । 

299221839_753932065827364_7152014330669851471_n1660740401.jpg
सम्मान ग्रहण गर्दै वितरण केन्द्र प्रमुख भट्टराई ।
प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update