रुकुम पूर्वको सिस्ने गाउँपालिकाले प्राकृतिक प्रकोपका कारण क्षेती भएकालाई राहत दिने निर्णय गरेको छ । कार्यपालिकामा गठित वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको बैठकले प्रकोपका कारण क्षेती भएकाहरुलाई राहत दिने निर्णय गरेको हो ।
बैठकले पूर्ण रुपमा घर क्षेती भएकालाई १५ हजार नगद राहत उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै पूर्ण रुपमा क्षेती नभएका तर क्षेती भएका घरको अवस्था हेरी ८ देखि १० हजार रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको समिति संयोजक मिना केसीले जानकारी दिनुभयो ।
बाढीका कारण घर बाहेक अन्य संरचनामा क्षेती पुगेको अवस्थामा २ देखि ५ हजार राहत दिइने, बाली नाली वा अन्यमा क्षेती भए वडाको सिफारिस अनुसार २ देखि ४ हजार राहत दिने गरी समितिले निर्णय गरेको छ । पानी तथा विद्युतीय घट्ट पूर्ण रुपमा क्षेती भएमा ५ हजार, मान्छेको मृत्यु भएको खण्डमा काजकिरिया वापत १५ हजार उपलब्ध गराउने निर्णय पनि गरिएको संयोजक केसीले जानकारी दिनुभयो ।