
केही दिन यता मुसीकोट नगरपालिका गर्मीले तातेको छ । नगरपालिका सम्बद्घहरूमा पसिना आएका छन् । अनिर्णय र निकास विहीन मुसीकोट नगरपालिका । साच्चै भन्ने हो भने अब पॉच वर्षमा कस्तो हुन्छ भन्ने अनुमान गर्न कठिन भएको छ । गणतन्त्र स्थापना पछिको पहिलो स्थानीय निर्वाचन पछि निर्वाचित पहिलो नगर सरकारका प्रमुख र दोस्रो पटक २०७९ मा भएको स्थानीय तह निर्वाचनवाट निर्वाचित नगर सरकारका प्रमुखमा खासमा भिन्नता के हो ? भनेर तुलना गर्ने समय अगाडी बढ्न लागेको छ । मुसीकोट नगरमा पहिलो निर्वाचित सरकारले विकासका पक्षमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भएता पनि मुसीकोटका गौरवका आयोजनाहरु संचालन गर्न सकेन । द्रुत गतिमा रोजगार र स्वरोजगारका कार्यक्रम ल्याउन सकेन । जति योजना तथा कार्यक्रमहरु रहे प्राय जसो संघिय सरकार र माननीय जनार्दन शर्मा प्रभाकरको अगुवाईमा भएको देखिन्छ । नगरको नीजि अपनत्व हुनेगरि केही कार्यक्रमहरु संचालनमा रहे पनि तिव्र रुपमा संचालन हुन सकेनन् । विगतमा सरकार संचालनका वेला पार्टि र सरकारविचमा खासै एकरुपता हुन सकेन । यस विषयमा सरकारकै कम्जोरी भएको भन्ने समिक्षा छ । तर पनि पॉच वर्ष काम गर्ने सिलसिलामा पार्टिका घोषणा पत्र विपरित र गम्भीर खालका कम्जोरी हुने गरि नगरपालिकाले काम गरेको पुष्ट्याई छैन ।
नगरपालिका भित्र नीतिगत सुधार, नयॉ नीति तथा कार्यविधिहरुको निर्माण तथा स्थानीय सरकार संचालन ऐनको कार्यान्वयनका विषयमा केही त्रुटिहरु भएका थिए । नगर कार्यापालिका बैठक संचालन कार्यविधि, स्थानीय सरकार संचालन ऐनमा उल्लेख भएका बाहेक नगर प्रमुखका अधिकार क्षेत्र आदि धेरै विषयहरुमा नयॉ कानुन तथा कार्यविधिहरु बनाउने क्रममा खास गरेर तत्कालिन नगर प्रमुखले अलि बढि अधिकार आफ्नो हातमा लिएको भन्ने बहस थियो । अर्को तर्फ ति कार्यविधिहरु सही भएको भन्ने दाबीका कारण एक मतले पास भएको पनि देखिन्छ । तर केहि पार्टि भित्रका बुज भनिनेहरुको फरक मत थियो । केहि कार्यविधिहरु अलि निरङ्कुस भए, नगर प्रमुख केन्द्रित भए, यसले दिर्घकालिन असर पार्न सक्छ, यसमा सुधार गर्नुपर्छ भन्ने बहस पनि चलेकै हो । अवका केहि कार्यकाल मेरै पोल्टामा हुनेछन् भन्ने अप्रजातान्त्रिक विचारवाट केन्द्रित कार्यविधि आज आएर नेकपा माओवादी केन्द्र आफैलाई घाडो भएको जस्तो देखिएकोछ । जे जस्तो भए पनि प्रजातान्त्रिक मुल्य मान्यता र शिद्धान्तमा टेकेर सृजनशिल तरिकावाट विग्रियका विषयवस्तुहरुलाई सुधार गर्नु र नया जनप्रिय विषयवस्तुहरु ल्यायर सहमतिमा कार्यान्वयन गर्नु नै लोकतन्त्रको गरिमा हो ।
मुसीकोटको कांग्रेस सुध्रिएको छैन । कांग्रेस निकै सॉघुरो छाति लिएर उभिएको छ । मुसीकोट कांग्रेसका कार्यकर्ताहरु पुरानै सोच र विचारमा छन्, पुरानै दम्भवाट लालायित छन् । विधि पद्धति र बौद्धिकताको परिचालन भन्दा मुढे बल, बलमिच्याई, मुर्खता र विधि मिचेर अगाडी बढन चाहन्छन् ।
गत २०७९ को स्थानीय तहको निर्वाचनमा मुसीकोट नगरपालिका नेकपा माओवादी केन्द्रले आफ्नो वर्चश्व र बहुमत हुदाहुदै जनताले दिएका मतहरु खल्तिमा राखेर मत गणना कार्यमा सहभागी हुदा खल्तीमा रहेका मतहरु गणना हुने कुरै भएन परिणाम स्वरुप नेपाली कांग्रेसलाई सत्ता बुझायो । नेकपा माओवादी केन्द्रले २०७४ को निर्वाचनमा एक्लै निर्वाचन लडदा नेपाली कांग्रेसलाई २ सयको सेरोफेरोमा जित्यो तर माओवादीको विपक्षमा नेकपा एमालेका २३०० सेरोफेरोमा मत बढि थियो । यस पटक २०७९ को निर्वाचनमा नेकपा समाजवादीका लगभग ४०० मत माओवादी केन्द्रलाई प्राप्त भए भने लगभग १८०० सेरोफेरोमा नेकपा एमालेका मत नेपाली कांग्रेसलाई प्राप्त हुदा ४४ मत माओवादी केन्द्रले निर्वाचन आयोगलाई बुझायो । गणितिय हिसाबले हिसाब गर्ने हो भने मुसीकोट नगरपालिकामा नेपाली कांग्रेस भन्दा नेकपा माओवादी केन्द्र संग १४३१ मत बढि छन् । माओवादी केन्द्रको अपरिपक्व निर्णय, फितलो पहलकदमी आदिका कारणले नेपाली कांग्रेसलाई चिट्ठा पर्यो । जम्मा १३ मतको फरक देखाएर निर्वाचन आयोगले परिणाम घोषणा गर्यो । निर्वाचन परिचालनमा परिपक्वता, व्यवस्थित तरिकाले लिएको पहलकदमीका कारण नेपाली कांग्रेसले चिट्ठा पाएको हो । यो व्यवस्था साम, दाम, दण्ड, भेदवाट नै सत्ता कब्जा गर्ने व्यवस्था हो ।
खसिको टाउको झुण्डाएर कुकुरको मासु जस्ले बेच्न सक्छ त्यसैले जित्ने ब्यवस्था हो । पहिलो कुरा आदर्श र अनुभवका हिसाबले नेकपा माओवादी केन्द्रका लागि यो व्यवस्था अनुकुल होईन । त्यसैमा पनि अभ्यास गर्ने क्रममा परिपक्वता नहुनु, आफ्नो अनुकुल पहल कदमी लिन नसक्नु आदि कारणवाट यस पटक माओवादी केन्द्रले सत्ता हस्तान्तरण गनुपर्यो र कांग्रेसलाई चिट्ठा पर्यो । इतिहासमा यस्तो कहिले काही मात्र अवसर आउछ । कतै न कतै केही माओवादी नेता कार्यकर्ताहरुको दम्भ, काम गर्ने शैली, जनता संगको सम्वन्ध आदि कारणवाट पनि कांग्रेसलाई यो अवसर प्राप्त भएको हो । विगतमा नेपाली कांग्रेसले फरक पार्टिका कार्यालयका बोर्ड र झन्डा फाल्यो । फरक विचार राख्नेहरुलाई पुलिस प्रशासनको प्रयोग गरेर विभिन्न झुट्टा मुद्धा लगायो । कम्युनिष्ट कार्यकर्ताहरुलाई जहा भेटायो त्यहि लखट्यो । पुर्व सामन्त राजाहरुको बोलवाला हुने गरि पार्टि चलायो । निकै निरङ्कुस, अप्रजातान्त्रिक तरिकावाट पार्टि चलाउदै जॉदा आसेपासे कार्यकर्ताहरु फरक विचार राख्नेहरुप्रति निकै क्रुर बने । देशमा २०५२ मा जनयुद्ध शुरु भयो । जनयुद्धका क्रममा कांग्रेस कार्यकर्ताहरुले पुलिसलाई विकृत र भ्रष्ट बनाए त्यसको बाबजुद पुलिसले सर्वसाधारण जनतालाई विद्रोहिका नाममा सामुहिक हत्या, आतङक, बलात्कार, कुटपिटका घटनाहरु भए । कर्मचारिहरु प्रति दमन भयो ।
नयॉ अधिकृत त पढेकै थिए होला नि ? कतै न कतै अनुभव गरेर सेवामा बृत्ति विकास हुदै पाका भएर आएका हुनु पर्ने नि ? यस्ता अनुभवीले पुर्व हाकिमको सरुवा नहुदै, रमना नहुदै किन हतारमा नेम पिलेटै मच्चाईदिएको ? उनलाई यति पनि सुझ बुझ थिएन त ?
शिक्षकहरुलाई अभियोग लगाउदै प्रबेश गराउने काम भए । तर २०६२/०६३ पछि कांग्रेस मोडिफाई भएर गणतन्त्रको पक्षमा आयो । देश संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल हुनमा एउटा प्रमुख हिस्सेदार कांग्रेस भयो । कांग्रेसकै नेतृत्वमा २०७२ को संविधान जारी भयो । संविधानमा लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्ष राष्ट्र, संघिय शासण प्रणाली, समानुपातिक सहभागीता जस्ता नेकपा माओवादी केन्द्रका एजेण्डाहरु लिपिपबद्ध भए । निकै प्रगतिशिल संविधान बन्यो । यि सवै कुरालाई मध्यनजर गर्ने हो भने कांग्रेस धेरै मोडिफाई भएको छ । संविधानमा लिपिवद्ध भैसकेपछि माओवादीका मुद्धामा आईसकेपछि यो भान हुन्छ कि कांग्रेस सुध्रिएको छ । कांग्रेसले लोकतान्त्रिक पद्धतिलाई आत्मसाथ गर्दै, यसका मुल्य मान्यता र सिद्धान्तलाई संस्थागत गर्न चाहन्छ ।
तर विगत केही दिन देखि मुसीकोटमा फरक तरङ्ग आएको छ । मुसीकोटको कांग्रेस सुध्रिएको छैन । कांग्रेस निकै सॉघुरो छाति लिएर उभिएको छ । मुसीकोट कांग्रेसका कार्यकर्ताहरु पुरानै सोच र विचारमा छन्, पुरानै दम्भवाट लालायित छन् । विधि पद्धति र बौद्धिकताको परिचालन भन्दा मुढे बल, बलमिच्याई, मुर्खता र विधि मिचेर अगाडी बढन चाहन्छन् । सामान्य प्रशासन मन्त्रालयको पत्रवाट एकाएक मुसीकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए, पुर्व प्रमुख प्रशासकीय अधिकृतको रमाना नहुदै नेम पिलेट परिबर्तन भयो । एकाएक आधा दर्जन कर्मचारीहरुलाई बाहिरवाट मुसीकोट नगरपालिका आउन सहमति दिईयो । आन्तरीक शाखामा काम गर्ने कर्मचारीहरुको एकाएक शाखा परिवर्तनको चटारो चल्यो । कार्यपालिका सदस्यहरु विच चर्का चर्कि चल्यो । पेल्ने र रोक्ने काम भए । कर्मचारीहरुमा निकै ठूलो तरङ्ग पैदा भयो । धेरै नेता कार्यकर्ता, कर्मचारीहरुमा पदिय मर्यादा भंग भयो ।
उता काठमाडौं सामान्य प्रशासन मन्त्रालयमा नेपाली कांग्रेसका पुर्व माननीय र मुसीकोट नगरपालिकाका उप मेयर विच चर्काचर्कि भएको हल्ला हुन आयो । यति धेरै हल्ला हँदासम्म यस जिल्लावाट प्रतिनिधित्व गरेका माननिय अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकर समेत अनभिज्ञ भएको र हस्तक्षेपवाट बाहिर रहेको बुझियो । उनी हस्तक्षेपवाट बाहिरिनु अविभावकत्व ग्रहण गर्नु हो तर पनि केही कांगे्रस कार्यकर्तावाट गलत प्रचार भएको देखिन्छ भने माओवादी कार्यकर्तामा पनि गुनासो कम छैन । यि सवै घटना निकै हतार हतार, निकै गोप्यमा र निकै सुनियोजित भएको देखियो । घटना शुरु अरु थप घटनाहरुपनि बाहिर आउनेक्रम जारी छन् । कार्यवाहक नगर प्रमुखको चटारो पनि उस्तै छ । कानुनले के भन्छ ? विधिले के भन्छ ? यो कुरा फरक हो । तर सरकार संचालनका लागि सहकार्य र सहमति आवश्यक हो कि होईन ? महत्वपुर्ण करा यहि हो ? मर्यादाक्रमका हिसाबले उप प्रमुख लाई नै कार्यवाहक दि‘दा मुसीकोट नगरलाई कति नाफा या घाटा के हो ? समय वित्दै जॉदा निर्णय पुरानै, दिईएका सिफारिसहरु पेन्डुलुम ? प्रमुख प्रशासकीय अधिकृत पुरानै हुने दिन नआओस, कार्यपालिकामा हात हालाहाल नहोस । बेस्ट अफ लक । सि यु अगेन मुसीकोट नगरपालिका ।
होईन यो के नाटक हो ? के मुसीकोट नगरपालिका रत्यौली घर हो र ? त्यहॉका कर्मचारीहरु रत्यौलीका आगन्तुक पाहुना हुन र ? प्रमुख प्रशासकीय अधिकृत भनेको कुन पद हो ? रत्यौली घरको घरमुली हो त ? के एउटा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्दा किर्ते निर्णयवाट भै हाल्छ त ? यति ठूलो राजनैतिक हैसियतवाट किर्ते गरेर काम गर्ने शैली सहि छ त ? प्रमुख प्रशासकीय अधिकृतको सरुवा गराउदा यति धेरै हतार किन ? आज सरुवा नगरे भोली रत्यौलीको मुहुर्त समाप्त हुने हो त ? सायद यि प्रमुख प्रशासकीय अधिकृत लोकसेवाबाट आएका होईनन् ? यिनले केही जानेका छैनन् ? यिनको अस्तीत्व नै छैन । यिनी त सिर्फ रत्यौली खेल्न आएका हुन् । यस्ता कार्यकारीलाई सरुवा गर्न किन कार्यपालिकाको निर्णय चाहियो ? किन अनुमति/सहमति चाहियो ? किन सहकर्मीहरु संग सहकार्य गर्नुप¥यो ? अर्को तिर नयॉ प्रमुख प्रशासकीय अधिकृत पनि आए । नयॉ अधिकृत त पढेकै थिए होला नि ? कतै न कतै अनुभव गरेर सेवामा बृत्ति विकास हुदै पाका भएर आएका हुनु पर्ने नि ? यस्ता अनुभवीले पुर्व हाकिमको सरुवा नहुदै, रमना नहुदै किन हतारमा नेम पिलेटै मच्चाईदिएको ? उनलाई यति पनि सुझ बुझ थिएन त ? नगरपालिकामा सरकार छ । बहुमतको उप प्रमुख र अल्पमतको प्रमुख छ । यिनलाई थाहा थिएन त ? नगर प्रमुखलाई प्रधानमन्त्रीको जस्तो अधिकार छैन । नगरपालिका चलाउन सहमति र सहकार्य विना संभव छैन । पहिलो सहमतिबाट र दोस्रो कार्यपालिकाको बहुमतवाट सवै कुरा कार्यान्वयन हुन्छ भन्ने कुरा थाहा थिएन त ? प्रमुख प्रशासकीय अधिकृत भनेको सरकारको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका विचको सहजकर्ता हो । जनता र सरकार विचको पुल हो । यस्तो महत्वपुर्ण पदिय व्यक्तित्वले आफ्नो पदिय भुमिका के गर्ने भनेर थाहा थिएन त ? यि सबै कुरा जे भए पनि राजनैतिक असमता हो । राजनैतिक असक्षमताका कारण कर्मचारीलाई पनि भेडा बनाईयो । हस सर । एस सर । हुन्छ सर । ओके सर ।
सरकार प्रमुखले अरुलाई पेलेर जॉदा अरु कति बलिया छन् भन्ने हिसाब किन नगरेको ? कठै बरा मेरो मुसीकोट ? इतिहासमा राजाकी कमारी मुसीले आफ्नो नामवाट कोटको नाम मागेको मेरो ठाउ‘ । आज मुसीकोटको नामले परिचित छ । तर आज हाम्रा जनताले चुनेका राजाहरु त्यही मुसीको जति पनि बुद्धि नहुँदा मलाई लाग्छ म कुन मुलुकमा गएर भिख मागेर भएर पनि एक एक माना बुद्धि ल्याएर यिनिहरुलाई बांडौ कि जस्तो । के गर्नु बुद्धि मागेर पाईदैन, नत बॉड्न मिल्छ । मात्र सीप दिने हो, ज्ञान दिने हो, सल्लाह दिने हो । सीप र ज्ञानको कमीले यस्तो भएको होईनहोला । जानी जानी बुझ पचाएर उखरमौलो मच्चाउने महासाय हरु मअब काम गर्दा गणित, विज्ञान र समाजशास्त्र तीनवटा विषयमा हिसाब गर्नुहोला ।
एउटा पक्षले बेईमानी गर्ने, जबरजस्त गर्ने, अप्रजातान्त्रिक तरिकाले विधि मिचेर जाने अर्को पक्ष यि सव कुरालाई कुनै पनि तरिकाले रोक्ने तरिकावाट मुसीकोटको सरकार अगाडी बढने हो भने हामी मुसीकोटलाई एउटा दलदलमा फसाउदै छौ । मुसीकोट अन्धकार तिर जादैछ । मुसीकोटको विकास, समृद्धि, र सामाजिक रुपान्तरणको अवस्था निकै नाजुक हुने कुरामा दुई मत छैन ।
१) गणितः मुसीकोट नगरपालिकामा माओवादी–समाजवादी गठवन्धनको कार्यपालिकाको अंक कति हो ?
२) विज्ञानः मुसीकोट नगरपालिकाको कार्यपालिकामा विराजमान माओवादी केन्द्रका सदस्यहरुको इतिहास के हो ? कतै लडाई भिडाईवाट आएका, नाफाको जीवन विताउन आएका वा आगोको राप र तापमा खारिएका मान्छे त छैनन् ? यिनीहरु हिजोको जस्तै छन् कि ? यिनिहरु सेलाएर लखतरान परिसकेकि ? काम गर्दा के के साधन चाहिन्छन ? के के औजार चाहिन्छन् ? कति कुटा कोदाला, गैती, बेल्चा, हेल्मेट, लिभर, उत्तोलक, जेसिवी, डोजर, टिप्पर आदि केही चाहिने हो कि ?
३) समाजशास्त्र ः जनताको मनोविज्ञान के हो ? जनता के चाहन्छन ? जनताका प्राथमिकता के हुन ? जनताले कर्मचारीको सरुवा खोजेका हुन कि विरामी हुदा एम्बुलेन्स ? जनताले कर्मचारीको शाखा परिवर्तन चाहन्छन कि मृत्युमा दाउरा चाहन्छन ? चुनावका बेला घोषणपत्रमा राखेका कुराहरुको शुरुवात भयो कि भएन ? कार्यपालिकामा आएका विपक्षी दलका मान्छेहरुको सामाजिक धरातल के हो ? भुगोल के हो ? जनता उनिहरु प्रति उत्तरदायि कति छन ?
जे सुकै भए पनि यस पटक मुसीकोटको कांग्रेस नेतृत्वः केटाकेटी आए गुलेली खेलाए, मट्याङग्राको छत्यानास जस्तै भयो । यति धेरै अपरिपक्व र विवादित निर्णय गर्नहुन्थेन । कांग्रेसले जे गरे पनि यो राजनैतिक लडाई हो । राजनीति भित्र मर्यादाको खासै ख्याल गरिदैन । तर निमित्त प्रमुख प्रशासकीय अधिकृत निकै विद्धान, तार्किक, सक्षम, अब्बल र पेशागत क्षमतामा पनि अब्बल व्यक्तित्व हुन । यस्ता विद्धानले यति हतारोमा संस्थागत विषयलाई राजनीतिकरण नगरिदिएको भए उत्तम हुन्थ्यो होला । यि सबै गतिविधिले समग्रमा मुसीकोट नगरपालिकाका प्रमुखलाई निकै ठूलो असफलताको बाम माछा फेला परेको छ । उनले कम्तीमा सल्लाहकारहरु बरु विपक्ष होस पाको र विद्धान राख्ने हो भने कम्तीमा उनको साख बच्छ ।
मुसीकोट नगरपालिकाको सही नेतृत्वको आभाष मिल्न सक्छ । विगतकाले के गरे ? अव यता जानु जरुरी छैन । फल भोगिसकेका छन् । उनका केही कम्जोरीका कारण आज हामीले यो पायौं भन्ने बुझ्न पर्छ । अब आफुले कसरी राम्रो गर्ने भन्ने विषय हो । आम कार्यकर्तावाट थुप्रै प्रेसरहरु आउन सक्छन् । तल र माथिको प्रेसरले निकै ठूलो दबाब दिन सक्छ । कांग्रेस पार्टि मास पार्टि हो । यस पार्टिमा खास अनुसाशन छैन । दबाबका पहाड त कति हो कति ? यिनै दवाबका बाबजुत पनि समकक्षी कार्यपालिकाका साथीहरुसंग आपसी सहमति र समझदारीमा अगाडी बढने हो भने मुसीकोटको विकास र समृद्धिको लागि केहि गर्न सकिन्छ । नत्र यस्तै सधै खाल्डामा हालिराख्ने हो भने हिजो दाउरा र निःशुल्क एम्बुलेन्सको कुरा उठाउदा असला माछा भेटियो । आज प्रमुख प्रशासकीय अधिकृतको सरुवाले बाम माछा भेटियो । भोली अर्को कुरामा सार्क माछा भेटिएला । पर्सी अर्को कुरा उठाउदा ह्वेल माछा भेटिन्छ, त्यही ह्वेलले कुप्लुक्क निल्छ अनि अर्को गुटको पालो आईहाल्छनी । झन्डै माओवादीले त बाम माछा सम्ममा चित्त बुझाएको छ ।
त्यस्तै मुसीकोट कांग्रेसमा फरक चेतनाको विकास भएको छ । कुहिनोले पहर फोर्ने । यो त टाउकोले टेकेर खुट्टाले आकास छुने चेतना हो । यस बेला मुसीकोटको कांग्रेस अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकर संग प्रतिस्पर्धा गर्ने वा उनको विरुद्धमा लाग्ने बेला होईन । जनार्दन शर्मा जुन पार्टिको भएपनि रुकुम जिल्लाको अविभावक हुन । नेपाली राजनीतिको एक सेलीब्रेटी हुन । यति चॉडो हतार गरेर उनी संग प्रतिस्पर्धा गर्नु वा उनको विरुद्धमा लाग्ने हैसियत भएका रुकुममा अझै सेलीब्रेटी राजनीतिकर्मीको उत्पादन भए जस्तो लाग्दैन । यो मौकामा हामीले उनिसग सहकार्यवाट सके सम्म फाईदा लिनुपर्छ र उनले पनि रुकुम प्रति विना राजनैतिक पूर्वाग्रहवाट अविभावकत्व ग्रहण गर्नुपर्छ । यसरी अगाडी वढदा न रुकुमको माओवादी केन्द्रलाई घाटा हुन्छ नत नेपाली कांग्रेसलाई नै ।
मुसीकोट नगरपालिकामा नेपाली कांग्रेसले जनार्दन शर्माका विरुद्ध ५ दलिय राष्ट्रिय गठबन्धनको मर्म विपरित एमाले संग गठवन्धन गरेर ठूलो बेईमानी गर्यो । आफ्ना उम्मेदवारलाई जिताउने र एमालेलाई भोट नदिएर हराउने बेईमानी गर्यो । नगर प्रमुखको पदभारमा आफै कतिपय विषयहरुमा लोकप्रियताका लागि घोषणा गरेर बेईमानी गर्यो । अहिले आएर अल्पमतमा हुनेहरुले सहमति र सहकार्यवाट काम गर्नुपर्ने बेला उखरमाउलो मच्चाएर अर्को वेईमानी गर्यो । बेईमानीका श्रृङखलाको पहाड बन्दै छ । पौरानीक कालको भस्मासुर जस्तो । अवका दिनहरुमा एउटा पक्षले बेईमानी गर्ने, जबरजस्त गर्ने, अप्रजातान्त्रिक तरिकाले विधि मिचेर जाने अर्को पक्ष यि सव कुरालाई कुनै पनि तरिकाले रोक्ने तरिकावाट मुसीकोटको सरकार अगाडी बढने हो भने हामी मुसीकोटलाई एउटा दलदलमा फसाउदै छौ । मुसीकोट अन्धकार तिर जादैछ । मुसीकोटको विकास, समृद्धि, र सामाजिक रुपान्तरणको अवस्था निकै नाजुक हुने कुरामा दुई मत छैन । चेतना भया ।