रूकुम पश्चिम चौरजहारी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले इकाई गठन कार्यक्रमलाई तीव्रता दिएको छ । विद्यार्थीसंग अखिल क्रान्तिकारी भन्ने अभियानलाई लिएर अनेरास्ववियू क्रान्तिकारी चौरजहारी नगर समिति विद्यालयहरूमा गएर संगठन विस्तार गगरिरहेको छ ।
आज नगरपालिकाको वडा नम्बर ६ स्थित जनकल्याण माध्यामिक विद्यालय खागलमा संगठन विस्तार कार्यक्रम गरेको अनेरास्ववियू क्रान्तिकारी चौरजहारी नगर समिति बताएको छ । मावि तह कक्षा ९-१० मा कर्णविर रोकाको अध्यक्षतमा ३४ सदस्यिय मावि मूल इकाई समिति गठन गरेको हो ।
उपाध्यक्षमा प्रेम बोहोरा र सपना बिक , सचिवमा टिका बोहोरा, सह सचिवमा कोपिला महतारा र वीरेन्द्र पुन मगर रहनुभएको छ भने कोषाध्यक्षमा भीम विक रहनु भएको छ। उक्त कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारी चौरजहारी नगर समिति सदस्य प्रकाश डाँगी, नगर समिति सदस्य हेमराज आचार्य र दिपेश विक लगायतको उपस्थिति रहेको थियो।