Kakhara सबैको खबर सम्पूर्ण खबर
नदीको टापुमा भेटिएको शवको पहिचान

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा भेटिएको शवको पहिचान भएको छ । भदौ १ गते सानीभेरी नदिको टापुमा भेटिएको शव सोही गाउँपालिका ९ खमालेका ३२ वर्षीय अमर विकको रहेको प्रहरीले जनाएको छ । 

वडा नम्बर २ र ४ को विचमा रहेको टापुमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगतै प्रहरीले उक्त शव पोस्टमार्टमका लागि  जिल्ला अस्पताल ल्याएको थियो । तत्काल प्रहरीले शब पहीचान गर्न सकेको थिएन ।

स्थानीयले फोटोको आाधारमा शवको पहीचान गरेका हुन । शवको पहिचान भएपछि घरपरिवारले आज शव बुझेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । विकको हत्यो भएको आशंका गाउँलेले गरेका छन् । तर प्रहरीले भने यस विषयमा केही बताउन चाहेको छैन । 

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update