रुकुुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ गैरीनेटामा रहेको बाल शिक्षा आधारभुत विद्यालयले पुनः विज्ञापन प्रकाशन गरेको छ । अवैध तवरले शिक्षक नियुक्ति गरेको भन्दै स्थानीयले विरोध व्यक्त गरेपछि विद्यालयले पुनः शिक्षक आवश्यताको विज्ञापन गरेको होे ।
पहिलेको शिक्षक नियुक्ति बदर गरी पुनः विद्यालय व्यवस्थापन समितिको बैठकबाट विज्ञापन निकालिएको विव्यस अध्यक्ष भिमदत्त बुढाथोकी जानकारी दिनुभयो । शिक्षण सिकाई अनुदान कोटामा निमावी तह तृतिय श्रेणी विज्ञान विषयको शिक्षक आवश्यकता रहेको विद्यालय जनाएको छ ।
विद्यालयले योग्यता पुगेका उम्मेदारलाई भदौ १७ गते भित्र दरखास्त दिन आग्रह गरेको छ । अवैध तरिकाबाट शिक्षक नियुक्ति गरेको स्थानीय आरोप लगाएका थिए भने सामाजिक सञ्जालमा विद्यालयको आलोचना पनि भएको थियो । अवैध तवरे शिक्षक नियुक्त गरेको समाचार यस अघि कखरा डटकममा प्रकाशित भएको थियो ।