Kakhara सबैको खबर सम्पूर्ण खबर
राहत वितरण गर्न पीडितकै दैलोमा वडाध्यक्ष खड्का

अबिरल बर्षासङ्गै परेको चट्याङले रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ का विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । वडा नम्बर १३ को भालदुला टोलमा आज बिहान साढे ६ बजे परेको चट्याङका कारण सोही ठाउँ निवासी खिमबहादुर ओलीको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

ओलीको घरमा चट्याङले क्षति पुर्‍याएको खबर पाउनासाथ १३ नम्बर वडा कार्यालयबाट घटनास्थलमा पुग्नुभएका वडाध्यक्ष खलबहादुर खड्काले पीडित ओलिलाई दश हजार रुपैयाँ नगद सहयोग प्रदान गर्नुभएको छ ।  आज बिहान परेको चट्याङका कारण खिमबहादुरको घर क्षतिग्रस्त हुनुका साथै घरमा रहेका लत्ताकपडा खाद्यान्न र अन्य घरयासी सामन जलेर नष्ट भयका छन ।

पीडित ओलिलाई सहायता पुगोस भन्ने हेतुले सहयोग रकम प्रदान गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो । यस्तै वडा नम्बर १३ कै पातल स्थित चुडामणि बस्यालको घरमा पनि चट्याङ पर्दा घरमा क्षति  पुगेको छ । यसैगरी वडाको थुमचौर स्थित राम बहादुर खड्काको घर नजिकै परेको चट्याङले एक वटा भैंसी घाइते हुनुका साथै वडा भित्रका बिभिन्न  ठाउँमा फ्रिज, डिसहोम,मिटर बक्स, मोवाईल लगायतका विद्युतिय सामग्रीमा क्षति पुगेको १३ नम्बर वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update