Kakhara सबैको खबर सम्पूर्ण खबर
६० महिलालाई धोती,चोलो र धरो ‘उपहार’


रुकुम पश्चिमको मुसीकोट नगरपालिका १० नम्बर वडाले महिलालाई धोती, चोलो, धरो र माइक सहयोग गरेको छ । कृष्णजन्माष्टमी तथा तीज पर्वको अवसर पारी वडाका ५ समूहलाई ६० थान धोती, चोलो, धरो र एक/एक वटा माइक दिइएको हो ।

वडाध्यक्ष धनबहादुर खड्काले वडाका ५ महिला समूहलाई १२/१२ थानका दरले धोती, चोलो र धरो सहयोग गरिएको जानकारी दिनुभयो । महिलातर्फ लक्षित बजेटबाट उक्त सामग्री सहयोग गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो ।

विभिन्न कार्यक्रम गर्न सहयोग पुगोस् भनेर ५ समूहलाई नै एक/एक माइक पनि सहयोग गरिएको उहाँले जानकारी दिनुभयो । वडाका स्वास्थ्य मिलन आमा समूह, लालीगुराँस महिला बाख्रा पालन कृषक समूह, स्वास्थ्य शाइकुमारी आमा समुहलाई पोशाक दिइएको छ ।

यसैगरी प्रगति महिला स्वास्थ्य आमा समुह र प्रगतिशिल स्वास्थ्य आमा समूहलाई कार्यक्रम, भेला, बैठक तथा रु सन्दर्भमा प्रयोग हुने गरी पोशाक सहयोग गरिएको जनाइएको छ । वडा तथा नगरका विभिन्न ठाउँमा जाने बेला सबै समूहको पोशाक मिलोस् र एकरुपता कायम गर्ने उद्देश्यले पोशाक सहयोग गरिएको वडा कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update