Kakhara सबैको खबर सम्पूर्ण खबर
तीन बुँदे सम्झौता कार्यान्वयनको माग गर्दै विरोध सभा

विप्लव निकट नेकपा रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसीकोट खलंगामा विरोध शभा कार्यक्रम गरेको छ । नेकपा रुकुम पश्चिमले आज खलंगामा सरकारको गतिविधि विरुद्ध विरोध सभा गरेकाे जनाएको छ ।

३ बुँदे सहमती कार्यान्वयन गर, पक्राउ पुर्जि खारेज गर, एमसिसी खारेज गर लेखेका प्ले कार्ड समाएर विरोध जनाएका हुन् । सरकार संग भएको ३ बुँदे सहमति कार्यान्वयन नगरे, पक्राउ गरिएका नेता तथा कार्यकर्ता रिहाई नगरे संघर्षका कार्यक्रम गर्ने नेकपा रकुम पश्चिमले जनाएको छ ।

विरोध सभालाई सम्बाेधन गर्दै नेकपाका जिल्ला सचिवालय सदस्य भाष्कर मल्लले ३ बुँदे सहमति गरेर पनि कार्यान्वयन नगरेर नेकपालाई झुक्याई रहेको आरोप लगाउनुभयो । नेपाल सरकारसँग भएको ३ बुँदे सहमती कार्यान्वयन नगरे सकार विरुद्ध आनदोलन गर्ने चेतावनी उहाँले दिनुभयो ।

नेकपाले नेपालमा वैज्ञानिक समाजवाद ल्याउनकै निम्ति संघर्ष गरिरहेको र ढिलो चाँडो नेपालमा वैज्ञानिक समाज आएरै छाड्ने दावी गर्नुभयो । भदौ ७ गते नेकपाले नेपाल बन्दको घोषणा गरेकाले सवैले साथ दिन पनि नेकपाले अनुरोध गरेको छ । 

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update