Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रजातन्त्र दिवशमा एक कैदी रिहा

रुकुम पश्चिम कारागारबाट एक जना कैदी रिहा भएका छन् । प्रजातन्त्र दिवशको अवसरमा जिल्ला कारागार रुकुम पश्चिमले एक जना कैदीलाई रिहा गरेको हो । ५० प्रतिशत बढी कैद भुक्तान गरेका र असल आचरण भएका त्रिवेणि गाउँपालिका ३, का नवराज ओली रिहा भएको जेलर प्रमेश सिवाले जानकारी दिनुभयो ।

ओलीले बहुविवाह मुद्धामा सजाय भोगिरहेको जेलर सिवाले बताउनुभयो । ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा हुने प्रावधान छ । सोही प्रावधान अनुसार ओलीलाई रिहा गरिएको हो । जिल्लाबाट कैद मिनाहाको निर्णय गरेर रिहा गर्न सिफारिस गरिन्छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update