अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु क्रान्तिकारी) रुकुमपूर्वले कार्य क्षेत्र विभाजन गरेको छ । शनिबार भूमे गाउँपालिकामा बसेको अनेरास्ववियु क्रान्तिकारीको चौथो बैठकले कार्य क्षेत्र विभाजन गरेको हो ।
जस अन्र्तगत सिस्ने गाउँपालिकामा केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष रेवन खड्काको कमाण्डमा प्रेमबहादुर खत्री, सोहेल श्रेष्ठ, पुजन खड्का, अमर खत्री र सुधा कार्की, रहुनुभएको छ । यस्तै भूमे गाउँपालिकामा केन्द्रिय सदस्य तथा जिल्ला उपाध्यक्ष बेदना बुढामगरको कमाण्डमा जिल्ला सचिव चन्द्र रसाइली जिल्ला सदस्यहरु मिलन बिक, आस्था बिक, सिर्जना पुनमगर, सिर्जना रोका, अदिता घर्ती, प्रिन्सा घर्ती र सन्तोषी बिक रहनुभएको छ ।
र पुथाउत्तरगंगा गाउँपालिकामा लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष रुपेन्द्र मल्लको कमाण्डमा कल्यान पुनमगर, युविक बिक, बिरस रसाइली, बिमल बिक र रवि गुरुङ रहनुभएको छ ।
कार्य क्षेत्र विभाजन अनुसार उक्त टिमले विद्यार्थीसँग अखिल क्रान्तिकारी अभियान कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।