Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी गाउँपालिकामा ५ सय २४ जनाले रोजगार पाए
फाइल फाटो

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा गत आर्थिक वर्ष २०७८/०७९ मा ५ सय २४ जना बेरोजगार युवाले रोजगार पाएका छन् । प्रधानमन्त्री तथा मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तरर्गतका विभिन्न ५४ आयोजनाबाट  ५ सय २४ जना बेरोजगार युवाले रोजगार पाएका हुन् ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरर्गतका विभिन्न ३८ आयोजनाहरुबाट ३ सय १५ जनाले रोजगार पाएका थिए भने मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तरर्गतका विभिन्न १६ आयोजनाहरुबाट २ सय ९ बरोजगार युवाले रोजगार पाएको गाउँपालिकाले जनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गरेका प्रत्येक  युवाहरुले ८५ दिन काम पाएकोे रोजगार संयोजक रमेश खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुख्यमन्त्री स्वरोजगार कार्यक्रममा काम गर्ने बेरोजगार युवाहरुले ९९ दिन काम पाएका थिए । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम र मुख्यमन्त्री स्वरोजगार कार्यक्रममा काम गर्ने युवाहरुले ज्याला भने समान ५ सय ७७ पाएका थिए ।

प्रधानमन्त्री स्वरोगार कार्यक्रमका विभिन्न ३८ आयोजनामा १ करोड ५४ लाख ४४ हजार ५ सय ६० बजेट रकम खर्च भएको छ । भने मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तरर्गतका विभिन्न  १६ आयोजनाहरुमा २ करोड १२ लाख ९६ हजार ५ सय ६० रकम खर्च भएको रोजगार संयोजक खड्काले जानकारी  दिनुभयाे ।

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update